OU, जेठ ११ ।
निरन्तर काङ्ग्रेसले अग्रता गर्दै आएको त्रियुगा नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । ३६०० मत गणना हुँदा १ मतले अग्रता लिएको हो ।
नेपाली काङ्ग्रेसका प्रमुख पदका उम्मेदवार बसन्त बस्नतेले ११८० मत पाउदा १ मतले पछि पार्दै गठबन्धनतर्फको प्रमुख पदका उम्मेदवार नेकपा (एस) का बलदेव चौधरीले अग्रता लिएका हुन् । उनले ११८१ मत प्राप्त गरेका छन् । एमालेका भागवत राउत तस्रो मत ७२९ मा रहेका छन् ।
उपप्रमुखमा भने काङ्ग्रेसकै अग्रता कायम छ । कांग्रेसकी उपप्रमुख उम्मेदवार सरिता राईले १०५८ मत पाएकी छिन् । दोस्रोस्थानमा गठबन्धनतर्फकी माओवादी केन्द्रकी गिता खड्का कार्कीको ८९१ मत रहेको छ भने एमालेकी महेश्वरी राई ८४९ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।
यो परिणामसम्ममा वडा नं. १ को १२००, वडा नं. २ को ११०० र वडा नं. १६ को १३०० मत गरी जम्मा ३६०० मत गणना भएको हो ।