
OU, जेठ ५ गते ।
वैशाख ३० गते सम्पन्न भएको स्थानिय चुनावको मत परिणम सार्वजनिक भएसँगै विजयी भएका जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय चौदण्डीगढीमा आयोजित समारोहमा नवनिर्वाचित नजप्रतिनिधीलाई प्रमाणप्रत्र प्रदान गरिएको हो ।
प्रमाणपत्र वितरण समारोहमा चौदण्डीका निर्वाचन अधिकृत महेशकुमार दाहालले निर्वाचित जनप्रतिनिधीलाई बधाई दिनुका साथै सफलताको शुभकामना दिएका थिए । चौदण्डी नगरपालिकाको प्रमुख, उपप्रमुखसहित ८ वडामा एमालेले जितेको छ, भने बाँकी २ वडामा काँग्रेसले जित हात पारेको छ ।