
OU , जेठ ३ गते ।
उदयपुरको कटारी नगरपालिकामा आज साझ ५ बजेबाट मतगणना सुरु हुने भएको छ । मतदानको दिन वैशाख ३० गते मतदान सम्पन्न भएपछि विवा हुदा कटारी–१० को सोरुङ्गविसेको कालिका मा.वि.को मतदान केन्द्रमा गोली चल्दा एकजनाको मृत्यु भएसँगै स्थानियले मतपेटिका उठाउन दिएका थिएनन् । मृतकका परिवारसँगै सातबुदे सहमती भएसँगै मतपेटिका कटारी ल्याएपनि मतगणना हुन सकेको थिएन् । आज बसेको सर्वपक्षिय बैठकले आजबाट मतगणना गर्ने निर्णय गरेसँगै मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन अधिकृत राजकुमार राउतका अनुसार आज ५ बजेबाट मतगणना कार्य सुरु हुने बताएका छन् ।