OU, जेठ २ गते ।
उदयपुरगढीमा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाउदै लगका छन्, भने एमालेको उम्मेदवार पछ्याउै छन् । उदयपुरगढी गाउँपालिकाको अध्यक्ष पदका लागि गठबन्धनबाट मानबहादुर मगरले ४१४३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका गोयाल खत्रीले भने ३४२१ मत प्राप्त गरेका छन् । गठबन्धन भन्दा एमाले ७२२ मतले पछारी छ ।
यस्तै, उपाध्यक्षमा गठबन्धनका जितबहादुर खड्काले ३९०९ मत ल्याउदा एमालेकी गोमा कुमारी मगरले ३२०६ मत प्राप्त गारेकी छिन् । उपाध्यक्षमा गठबन्धनले ७०० मतले नेतृत्व गरिरहेको छ । लगाभग १९०० जति मत गन्न बाँकी रहेको छ ।