“हिमाल राई बराहक्षेत्र”
सुनसरी- २०७४ सालको पालिका चुनावमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं २ बाट नेपाली काग्रेसका तर्फबाट अध्यक्ष हरिकृष्ण भट्टराईले १४१४ मत प्राप्त गरी विजय भएका थिए।
भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार डमर सिग्देलले १३३१ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका थिए।
यसपटकको चुनावमा नेपाली कांग्रेसले वडा अध्यक्षको रूपमा बराहक्षेत्रका चिरपरिचित, लोकप्रिय नेता नारायण नेपाललाई अधिसारेको छ।
नेपाल काग्रेस निवर्तमान वडा अध्यक्ष हरिकृष्ण भट्टराईको राजनीतिक विरासत कायम गर्दै जित निकाल्दै वडा अध्यक्ष पद हत्याउने रणनीतिका साथ
चुनावी मैदानमा घर दैलो अभियानमा होमिएका छन्।
एमाले तर्फबाट युवा नेता होम प्रसाद गौतमलाई वडा अध्यक्ष उम्मेदवारको रुपमा उतारेको छ उनी निवर्तमान जिल्ला सदस्य पनि हुन।
उनको एउटै लक्ष्य देखिन्छ,नेपाली कांग्रेसको विरासत भत्काउने तथा गुमेको साख फर्काउने रणनीतिको साथ वडा अध्यक्ष,सदस्य सहित जित्ने दाउको साथ घर दैलोमा पुगिरहेका छन्।

यस पटकको चुनावमा वडा अध्यक्षका दाबेदारहरु कांग्रेस नारायण नेपाल,एमाले होम प्रसाद गौतम, राप्रपाबाट भवानी गौतम चुनावि मैदानमा उत्रिएका छन।
एमाले,राप्रपा,भन्दा यस पटकको निर्वाचनमा कांग्रेस तथा माओवादी केन्द्र विच एक अर्कामा गठबन्धन सहकार्यले गर्दा काग्रेस अगाडि रहेको छ। झन नारायण नेपाल राजनैतिकका एक चतुर अनुभवि नेता पनि हुन।
उनी आफनो पक्षमा मत कसरि ल्याउन सकिन्छ भन्ने उनलाई राम्रो सँग ज्ञान रहेको छ।

उनी २०७४ सालको बराहक्षेत्र नगरपालिका वडा नं १-२ मा कांग्रेस निर्वाचन परीचालन समितिको सारथि भएर एमालेको लालकिल्ला गड तोड्दै निवर्तमान वडा अध्यक्ष द्वय सुरेश श्रेष्ठ तथा हरिकृष्ण भट्टराईलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्ने अनुभवी चतुर नेता नारायण नेपाल निवर्तमान नगर सभापति हुन।

वराहक्षेत्र नगरपालिका वडा नं २ को वडामा अध्यक्षको रुपमा कसलाई जिताउन चाहनुहुन्छ ? वडा नं २ का स्थानीय बासिन्दाहरुलाई मात्र मत गर्नुहोला भन्ने सामाजिक सन्जाल अनलाईन मत सर्भेक्षण गर्दा नारायण नेपाल १३७ मत पाई पहिलो भएका छन् भने उनको निकट प्रतिद्वन्द्वी एमाले तर्फबाट होम प्रसाद गौतमले ६० मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन
भने राप्रपाबाट भवानी गौतम ३९ मत प्राप्त गरेका छन।

वडा नं २ वडा अध्यक्ष पदमा काग्रेस तथा एमाले विच एक अर्कामा कडा प्रतिष्पर्धा भए पनि कसले वडा अध्यक्ष पद हत्याउन सफल असफल हुन्छन् भन्न सक्ने आधार कसै संग छैन।

०७४ सालको काग्रेसको विजय विरासत जोगाउन उमेद्वार द्वय नारायण नेपाल लागि परेका छन भने एमालेको तर्फबाट होम प्रसाद गौतम गुमेको साख फर्काउने रणनीतिको साथ लागि परेका छन् ।
यो राजनैतिक खेलमा काग्रेस तथा एमाले कसले बाझि मार्छ हेर्न ३० वैशाख पछि आउने चुनावी नतिजा सम्म पर्खिनै पर्ने भएको छ।
गठबन्धन उम्मेदवार:-
नारायण नेपाल वडा अध्यक्ष
सदस्यहरु :-
डिल्ली बहादुर कार्की
प्रताव कुमार मगर
पुष्पा थापा
दिलु विश्वकर्मा(माअाेवादी) रहेका छन्।

एमालेबाट
होम प्रसाद गौतम वडा अध्यक्ष
सदस्यहरु :-
झपट कटुवाल
प्रेम प्रसाद दाहाल
चुनु श्रेष्ठ
सृजना परीयार रहेका छन्।
बराहक्षेत्र नगरपालिकामा काहा काहा कसले जितेको थियो:-
२०७४ सालको चुनावमा बराहक्षेत्रमा एमालेले नगर प्रमुख निलम खनाल,उपप्रमुख कमला मगर सहित ३,४,५,७,८,९,१० र ११ गरी ८ वडाध्यक्ष जितेको थियो।
त्यति बेला कांग्रेसले तीन वडाध्यक्षमै चित्त बुझाएको थियो,वडा नम्बर १ मा सुरेश श्रेष्ठ,२ मा हरिकृष्ण भट्टराई र ६ मा उद्वव पोखरेल विजय भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय