नेकपा माओवादी केन्द्रको सहिदनगर नगरपालिकाको मेयरका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । सो प्रतिवद्धता पत्रमा निःशुल्क रगत व्यवस्थापनदेखि सिंचाई विद्युत महशुलमा किसानलाई ५० प्रतिशत अनुदान दिने सम्मको योजना ल्याएको हो ।
वि.स. २०२८ सालको शैक्षिक आन्दोलनको रगतबाट यदुकुहाको महत्व हालको दिनमा आकाशिएको भुमीमा गरिब, विपन्न, दलित तथा निमुखा वर्गका लागि विशेष योजना ल्याएको निवर्तमान मेयर उदय कुमार बरबरिया दाबी गरे ।
प्रतिबद्धतापत्रमा नेपाल रेडक्रस सोसाईटी धनुषासंगको सहकार्यमा रगत आवश्यक भएको विरामीलाई रगत व्यवस्थापनका साथै जाँच शुल्कमा लाग्ने रकम समेत नगरपालिकाले व्यहोर्ने भनिएको छ । त्यस्तै गरिब, दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गरिन र निः शुल्क जाँच तथा स्वास्थ्य उपचार सेवा पाउँने उल्लेख गरेको छ । साथै प्रत्येक वडामा प्राथमिक स्वास्थ्य केन्द्र र नगर एम्बुलेन्ससंगको सहकार्यमा जोड दिईने बताए। पत्रमा भनिएको छ, ‘सामुदायिक विद्यालयहरुमा स्थानीय विषयको पाठ्यसामग्री समावेश गरी पालिका स्तरीय पाठ्यक्रम निर्माण गरिनेछ । साथै नमूना विद्यालय घोषणा गरी अग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराईनेछ ।’
माध्यमिक विद्यालयहरुमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा नगरभित्रको विद्यालयमा प्रबिधिमैत्री शिक्षा बिकासमा प्रयास हुने बरबररियाको दाबी छ । दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्मको विद्यालय शिक्षा सुनिश्चित गरिनुको साथै प्रत्येक विद्यालयहरुमा सिसिटिभी जडान गरि कडाईका साथ शिक्षण सिकाई बढाईने छ ।, मेयर उदय बरबरियाले, ‘शहिद परिवारलाई छात्रवृति र सार्वजनिक ई-पुस्तकालय निर्माणका साथै उच्च गतिको ईन्टरनेट सेवा निःशुल्क प्रदान गरिनेछ । प्रत्येक वडामा प्राथमिक स्वास्थ्य केन्द्र तथा जेष्ठ नागरिकलाई तीन महिनामा निशुल्क स्वास्थ्य जाँच र दिर्घरोगीका लागि विशेष उपचार सेवा सञ्चालन गरिने छ ।’ उनले ‘शहिद सूर्यनाथ रान’ स्मृति अस्पताललाई अबको एक वर्षभित्र सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए ।
कृषकहरुलाई सिचाइका लागि मोटर, दमकल, घाँस काट्ने मेसिन जस्ता कृषि सामग्री वितरण र बाँझो खेत मुक्त नगरपालिका बनाउने बताए । ‘एक खेत एक बालीको अवधारणालाई ल्याएर एक घर एक तरकारी खेतीको योजना अघि बढाउने जनाए । ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’ युवाहरुको लागि बहु उद्देश्यीय कभर्ड हल, खेलकुद मैदानका साथै ईन्टर्नशिप र लोकसेवा कक्षा रसञ्चार जगतका युवा पत्रकारहरुका लागि फेलोसिप प्रदान गर्न नेपाल पत्रकार महासंघ धनुषासंग सहकार्य गर्ने बताए ।
नगरपालिका जोड्ने लिंक रोडका साथै बारुण यन्त्र खरिद तथा सर्पदंस उपचार केन्द्र स्थापना गर्ने बताए । उनले भने, ‘नगरपालिकाको एक वर्षभित्रमा आफ्नै भवनमा सेवा सुचारु हुन्छ । प्रतिबद्धतापत्रमा भनिएको छ, ‘पोखरी, सार्वजनिक पार्टीपौवा र प्रकृतिक सम्पदाको संरक्षण गर्दै वृक्षारोपणलाई प्राथमिकताका साथ अगाडी बढाईनेछ । सार्वजनिक स्थल, पार्क, सडक किनारका जग्गाहरुको व्यापक प्रयोग गरिनेछ । सामुदायिक विद्यालयहरुमा हरित विद्यालय कार्यक्रम सञ्चालन गरिनेछ ।’
प्रतिबद्धतापत्र सार्वजनिक समारोहमा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव श्रवण बरबरिया यादव (जीवन)ले नेपाली जनताको संघर्ष र शहिदहरुको गर्विलो इतिहासको साक्षीको मध्येको एउटा महान भूमि यदुकुहा जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरुलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको बताए । उनले समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराशा र निमुखा बन्दै गएकाहरु समेत माओवादीको विकास मोडेलबाट नै समाजवादोन्मुख समृद्धि सम्भव छ भन्नेमा जनतामा समेत विश्वास पलाएर गएको बताए ।
उनले भने, ‘यदुकुहा नेपाली कम्युनिष्ट आन्दोलनमा पनि कहिल्यै नमेटिने नाम हो । पञ्चायती व्यवस्था विरोधी आन्दोलनको क्रममा ०४६ साल फाल्गुन ९ गतेको दिन यदुकुहामा आन्दोलनकारीहरु माथी प्रहरीको निर्मम गोली प्रहारबाट जानकी देवी, मुनेसरीदेवी, सोनावती देवी, उदयशंकर मण्डल र रामनारायण मण्डलको शहादतले किर्तिमान नै खडा गरेको थियो ।’

वडाअध्यक्षका उम्मेदवारमाथिको आक्रमणको निन्दा

धनुषा । धनुषामा एक वडा अध्यक्षका उम्मेदवारलाई लक्षित गर्दै स्थानीय उच्छृंखल तत्वहरुको एक समूहले पराजित मानसिकताबाट ग्रस्त भई निर्मम कुटपीट गरेकोप्रति नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष देवेन्द्र कुमार यादव दिपकले घोर भत्र्सना गरेका छन् ।

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट धनुषाको कमला नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षका उम्मेदवार रहेका सर्वदेव यादवको घरमै गएर स्थानीयहरुको एक हुलले उनको घरको ढोका फोड्नेदेखि घरपछाडि तर्फबाट माटो खनेर घर भित्र प्रवेश गरेर ज्यान मार्ने योजनासहित आएका सो समूहले उनको बुवालाई निर्ममढंगले कुटपीट गरेको भन्दै जिल्ला अध्यक्ष दिपकले घटनाको निन्दा समेत गरेका छन् ।

अध्यक्ष यादवले घटना घटेको एक दिन वित्दा पनि अहिलेसम्म स्थानीय प्रहरी प्रशासनले घटनामा संग्लन रहेकाहरुलाई पक्राउ गरि कानूनी कारवाही प्रक्रिया समेत अघि नबढाउनु विडम्बना रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

उनले आततायीहरुको एक समूहले बुधबारको मध्यरातमा हत्या गर्ने योजना अनुसार उम्मेदवारको घरमै पसेर हत्या गर्न प्रयास विफल भएपछि उनका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई आँगनमै सुतिरहेको बेलामा उनको टाउको, ढाडसहित शरीर भरि नै मर्नासन्न हुने गरि खुकुरी, चक्कु र रडले जथाभावी प्रहार गरि गम्भिर घाइते बनाएको थियो । संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

उनले सर्वदेवको पक्षमा व्यापक जनसमर्थन बढिरहेको देख्न नसकेपछि राजनीतिक प्रतिशोध साँध्नकै लागि उनीमाथि हत्याको योजना बुनेर धारिलो हतियारले आक्रमण गरेको बताए ।

घटना घटेको एक दिन वित्दा पनि स्थानीय प्रहरी प्रशासनले घटनामा संलग्न रहेकाहरुलाई अहिलेसम्म पनि कानूनी कारवाही गर्न नसक्नु दुःखद रहेको उनको भनाई छ । उनले गाउँ समाजमा उम्मेदवार नै असुरक्षित रहेपछि सर्वसाधारणलाई शान्ति सुरक्षाको व्यवस्था प्रत्याभुति गराउन प्रहरी प्रशासन पूणर्रुपेण असफल भएको समेत आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय