हिमाल राई बराहक्षेत्र
सुनसरी- २०७४ सालको पालिका चुनावमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं १ बाट नेपाली काग्रेसका तर्फबाट अध्यक्ष सुरेश श्रेष्ठले ११५९ मत प्राप्त गरी विजय हासिल गर्दै सदस्यहरु भुपाल राई,लोक बहादुर दाहाल, सुसिला सेर्पा,सुसिला परीयार सहित प्यानलनै जिताउन सफल भएको थिए।

भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खडक कटुवालले ४४१ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका थिए।
यसपटकको चुनावमा नेपाली कांग्रेसले वडा अध्यक्ष सुरेशलाई पुनः दोहोर्‍याएको छ। उनी क्षेत्रीय प्रतिनिधि पनि हुन्।

सुरेश श्रेष्ठ आफ्नो राजनीतिक विरासत कायम गर्दै पुनः वडा अध्यक्ष सहित सबै सदस्यहरू जित निकाल्ने लक्ष्यका साथ चुनावी मैदानमा घर दैलो अभियानमा होमिएका छन्।
एमाले तर्फबाट युवा नेता किसन मगरलाई वडा अध्यक्ष उम्मेदवारको रुपमा उतारेको छ उनी एमाले नगर कमिटी सदस्य तथा वडाका इन्चार्ज पनि हुन।
उनको एउटै लक्ष्य देखिन्छ,नेपाली कांग्रेसको विरासत भत्काउने तथा वडा अध्यक्ष,सदस्य सहित जित्ने दाउमा घर दैलो अभियानमा लागिपरेका छन्।
यस पटकको चुनावमा वडा अध्यक्षका दाबेदारहरु कांग्रेस सुरेश श्रेष्ठ,एमाले किसान मगर, राप्रपा हर्क बहादुर खड्का तथा स्वतन्त्र रन्जित लोहनी चुनावि मैदानमा रहेका छन।
यस पटकको वडा नं १ को चुनावमा कांग्रेस माओवादी केन्द्र विच एक अर्कामा गठबन्धन छैन।
रन्जित लोहनीले माअाेवादीको तर्फबाट बडा अध्यक्ष दावी गरीरहदा लोहनीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वार दिएका छन्।
एमाले,राप्रपा,स्वतन्त्र उमेरदार भन्दा काग्रेस वडा अध्यक्ष उम्मेद्वार सुरेश श्रेष्ठ राजनैतिकका एक चतुर अनुभवि नेता पनि हुन।
उनी आफ्नो राजनैतिक विरासत जोगाउन प्रतिद्वन्दीहरुलाई साम,डाम,ढण्ड,भेदको अस्त्र काहा,कसरी प्रयोग गरी पुनः वडा अध्यक्ष हत्याउन सक्ने खुबी भएका लोकप्रिय नेताका रूपमा परिचित रहेका छन्।
वडा नं १ वडा अध्यक्ष पदमा काग्रेस तथा एमाले विच एक अर्कामा कडा प्रतिष्पर्धा भए पनि कसले बाजी मार्ला भन्न सक्ने आधार कसै संग छैन।
०७४ सालको काग्रेसको तर्फबाट सुरेश श्रेष्ठले आफ्नो वडाको विरासत जोगाउने तथा एमालेको तर्फबाट किसन मगर भत्काउने यो खेलमा लागि परेका छन कसले बाजी मार्छ भन्ने हेर्न ३० वैशाखपछि आउने चुनावी नतिजा सम्म पर्खिनै पर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय