चितवनका पेशाकर्मी बुद्धिजीवीहरुले भरतपुर महानगरको बिकाससँगै संविधानको संरक्षणमा चिन्ता व्यक्त गरेका छन् ।
भरतपुर महानगरपलिकाका विभिन्न चोक चोकमा पुगेर शुक्रबार अनौपचारिक कार्यक्रममार्फत् पेशाकर्मी एवं बुद्धिजीवीहरुले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनीहरुले विकास र समृद्धिको पक्षमा मतदान गर्न, संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन अनुरोध गरेका छन्।
कोणसभाको रुपमा गरिएको उक्त कार्यक्रममा बोल्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा ईश्वरीप्रसाद ढकालले मौलिक अधिकार र संविधानलाई धरापमा पार्ने गरी मतदान नगर्न अनुरोध गरे । उनले पाँच दलीय गठबन्धनले देशलाई प्रतिगमनतर्फ जाने कार्यमा रोकेको हुँदा पाँचदलीय गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गरे । उनले भने, ‘लोकतन्त्र रक्षाको लागि हामीले गोलाकारभित्रको हँसियाहथौडा चिन्हमा मतदान गरि महानगर प्रमुखमा रेनु दाहाल र रुख चिन्हमा मतदान गरि उपप्रमुख चित्रसेन अधिकारीलाई जिताउनु छ ।’
सोही कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्टार प्राडा भीमराज अधिकारीले पनि रेनु दाहाल र चित्रसेनलाई जिताउनु भनेको सच्चा लोकतन्त्र र गणतन्त्र पक्षधरलाई जिताउनु भएको बताए। महानगरको विकास र समृद्धि गर्न र देश बचाउनु छ भने संविधानमा भएका व्यवस्थालाई अनुशरण गनुपर्नेमा उनले जोड दिए।
त्यसैगरी पब्लिक क्याम्पस प्राध्यापक संगठनका उपाध्यक्ष डा. अनन्त ढुंगानाले जसले बच्चालाई जन्म दिन्छ त्यसले बच्चाको सबैभन्दा बढी माया गर्छ भनेजस्तै वर्तमान संविधान निर्माणमा जुन जुन शक्ति लागेर बनेको हो त्यही शक्तिलाई जिताउन आवश्यक रहेको बताए । किनकि हामीले संविधान बचाउनु छ । ढुंगानाले पनि किटानी गरेर रेनु दाहाललाई महानगरको प्रमुखमा र चित्रसेन अधिकारीलाई उपप्रमुखमा जिताएको खण्डमा संविधानको मर्म र मान्यता अनुसार हुने बताए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जेष्ठ नागरिक संरक्षण, स्वरोजगार लगायतका विषय, बिकास र समृद्धिको लागि रेनु र चित्रसेनको नेतृत्व आवश्यक रहेको बताए ।
त्यस्तै अभिव्यक्ति दिए नारायणी नमूना माविका प्राचार्य पूणर्प्रसाद दवाडीले पनि उनले अहिले महानगरमा भइरहेका कामलाई अगाडि बढाउन रेनु दाहालको नेतृत्व अनिवार्य रहेको बताए । हामी विकास चाहन्छौ, अग्रगमन चाहन्छौं भने रेनु दाहाल र चित्रसेन अधिकारीलाई जिताऔं ।
उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै क्यान्सर अस्पताल भरतपुरमा पूर्व कार्यकारी निर्देशक डा बिजयचन्द्र आचार्यले भरतपुर महानगरको पूर्व जनप्रतिनिधिले रेखाङ्कन गरेको विकास निर्माणलाई अगाडि बढाउन सम्युक्त गठबन्धनका उम्मेद्वारलाई जिताउन आवस्यक रहेको बताए । उनले आफुहरुले धेर विष्लेषण गरेको र भरतपुरलाई समृद्ध बनाउन र यहाँको भविस्य सुनिश्चित गर्न पाँच दलीय गठबन्धनको विकल्प नरहेको ठहर गरेको बताए । उनले अहिले गल्ती गरेर पछि पछुताउन नपर्ने गरि मत दिन अनुरोध गर्दै आफ्नो मत विकास र समृद्धिको लागि प्रयोग गर्न अनुरोध गरे । डा. आचार्यले पनि भरतपुरको विकासको लागि रेनु दाहाल र चित्रसेन अधिकारीलाई जिताउन आवश्यक रहेको बताए ।
अपाङ् संगठन नेपालका अध्यक्ष एवं सेवा निभृत्त शिक्षक टेकनाथ न्यौपानेले अपाङ् हितको खाँतिर गरिएका आन्दोलनमा सहभागी राजनीतिक पार्टीलाई जिताउन सबैको कर्तव्य हुने बताए । उनले प्रतिगमको आन्दोलनमा अग्रगमनको पक्षमा रहेको पाँच दलीय गठबन्धनलाई जिताउन सबै अपाङ्ता भएकाहरुमा अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय