आवर उदयपुर,२०७९ वैशाख २२
उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ कुर्कुन्टार मा बिजुलीबत्ती आएपछी गाउँघर मै संचालन सुरु भएको छ।डेरि बाट राम्रै जिबिको पार्जन गरेका छ्न,सरुन राई ले।बिजुली बत्ती आएपछि डेरि खोलेर चलाउन सम्भव भएको राइको भनाइ छ।
चुरियामाइ डेरि संचालन भएपछि गाउँघरमा उत्पादन भएको दुध यहि खपत हुने गरेको छ।गाउँघर बाट सङ्कलन भएको दुधलाइ खुवा,दहि,पनिर बनाउने गर्छन् अडर भए अनुसार सबै कुरा तयार भएपनी सबै भन्दा बढी पनिर उद्पादन गर्ने र सोही उत्पादन पनिर लाई २० किलो मिटर पर रहेको कटारी बजारमा बसको माध्यमबाट पठाउने राइले बताए।
दहि प्रती लिटर १००,दूध ९०,पनिर ६००,खुवा ७०० ले बिक्रि गर्ने राइको भनाइ छ।वरिपरि सम्भव भए सम्मको दूध सबै ठेगेर राखिदिएपछि भैंसी,गाई पालेर जिबिको पार्जन गर्न केही सहज भएको स्थानिय को भनाइ छ।
संचालन गर्न थालेपछी उदयपुरगढी गाउँपालिकाले ८० प्रतिशत अनुदानमा ५०० लिटर को डि फ्रीज र टेस्टिङ मिसिन दिएपछी अझ बढी डेरि प्रभावकारी भएको बताए।डेरि बाट महिनाको २५ देखि ४० हजार कमाइ हुने र घरपरिवार राम्रो सङ्ग चलाउन सहज भएको राइले बताए।