OU वैसाख १८,उदयपुर
पार्टी अधिकारिका उम्मेवार विरुद्ध बागी उम्मेवारी दिएका नेतालाई नेपाली कांग्रेस उदयपुरले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरको छ । जिल्लाका पार्टी सभापति हिमाल कार्कीले वैशाख १७ गते विज्ञप्ती जारी गर्दै साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको हो ।
विज्ञप्तीमा भनिएको छ “ केन्द्रीय कार्यालयको वैशाक १६ गतेको पत्र र नेपाली कांग्रेस उदयपुरको प्रेष विज्ञप्ती पत्रबाट वैशाख १४ गते गरिएको अनुरोध पत्रानुशार पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नलिएका साथिहरुलाई पहलो चरणमा नेपाली कांग्रेसको विधाननुशार निस्काशन गरिएको छ ।
नेपाली कांग्रेस उदयपुरले चौदण्डीगढी नगरपालिकामा प्रमुखमा बागी उम्मेदवारी दिएका प्रशासन्न राई, कटारीका प्रमुखमा उम्मेदवारी दिएका थापा, सोही नगरका उप–प्रमुखकी उम्मेदवार मन कुमारी भूजेल, ताप्ली गाउँपालिकामा अध्यक्ष उम्मेदवारी दिएका माधव रास्केरी साथै उप–प्रमुखको उम्मेदवार शुसिला राई, लिम्चुङबुङका उप–प्रमुखमा उम्मेदवारी दिएका रमिला राई पार्टीबाट निस्काशित भएका हुन् ।
त्यस्तै, यता उदयपुरगढीमा उपाध्यक्षमा उम्मेदवार दिन पुगेका तिलक खपाङ्गी मगरलाई पनि पार्टीले निस्काशन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय