१४ बैशाख ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएका एमालेको एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ। उपमहानगरको वडा नं. ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका भुदेव चौधरीको मनोनयन दर्ता खारेज भएको हो।
चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेद्वारी दिन नमिल्ने भएकाले मनोनयन खारेज भएको हो।