OU उदयपुर
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १० मा नगरकै सबैभन्दा कान्छो ३१ बर्षिय ज्ञानेन्द्र मगरले वडाअध्यक्षको उम्मेदवार दर्ता गराएकाछ्न।मगरले सोमबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेको हो।दर्ता गरेदेखि नै मगर चर्चामा छन,युवाहरूको ढुक्ढुकी बनेर हरेक कार्यमा मगरले खेलकुद,क्लब हरुमा सक्रिय भै युवाहरुलाइ ठिक बाटोमा हिन्न सधै आफू अग्रसर रहेको बताए।
नेकपा माओवादी र नेकपा एसको तर्फबाट संयुक्त उम्मेदवारी दिएका हुन् । उनि माओवादी केन्द्रका क्रियाशिल युवा नेता रहेका छन् भने वाईसियल उदयपुरका जिल्ला संयोजक समेत हुन् ।
तेस्तै सोही वडामा अन्य तिन दलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले बाट किरण पाण्डे, नेपाली कांग्रेस बाट प्रकाश कुमार खड्का र राप्रपा बाट शेरजंग बस्नेतले समेत उक्त वडामा वडाअध्यक्षका लागि मनोनयन दर्ता गराएको हो । प्रकाश कुमार खड्का पूर्व वडाअध्यक्ष तथा कांग्रेसका त्रियुगा नगर सभापति समेत हुन् भने पाण्डे नेकपा एमाले १० नं वडाको पार्टी अध्यक्ष हुन् ।
१० नं वडाअध्यक्षका लागि मगरको नेतृत्वमा गठबन्धनको तर्फबाट खुल्ला वडा सदस्यमा नविन राई, यादव पोखरेल र खुल्ला महिला सदस्यमा देवीका राई र दलित महिला सदस्यमा सारदा बिकले मनोनयन दर्ता गराएको छ ।