बैशाख १०
उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा नेकपा [माओबादी केन्द्र ]बाट अध्यक्ष पदको उम्मेदवारको लागि एवीराज राईको सशक्त दावी रहेको छ।गठबन्दनको भागबंडामा रौतामाई गाउँपालिकामा माओबादी केन्द्रको भागमा पर्ने संकेत देखिएपछी टिकटको लागि अझ बढी आकंक्षी बढेको देखिएको छ ।मनोनयन दर्ताको समय नजिक आइ सक्दापनि अहिले सम्म गठबन्दन को निर्णय भने सार्बजनिक भएको छैन ।निर्णय सार्बजनिक नभएपनि पार्टीभित्रको तयारि र दाबिभने झन् चर्को रुपले बढेको एवीराज राईले जानकारी दिए ।
प्रदेश १ प्रदेश सचिवालय सदस्य एवंम वाइसियल प्रदेश इन्चार्ज रहेको राईले पार्टीलाई संसदीय निर्वाचन प्रणालीबाट सामाजवाद तर्फ लैजान, पार्टीले दिएको योजना र पार्टीको उदेश्यअनुरुप परिवर्तनका हुरी चलाउन आम युवाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले सशक्त दावी रहेको जानकारी दिएको छ ।केहि समययता पार्टी फुट्ने र जुट्ने असंवैधानिक कदमको कारण सांगठानिक रुपमा केहि असरहरु देखिएपनि रौतामाइमा भने कुनै असर नरहेको पार्टीको नीति ,सिद्धान्त एजेन्डा अनुरुप पार्टी अझै बढी मजबुद रहेको एबिराज राईको भनाइ छ ।
:युवाहरुको नेतृत्व गर्दै आउने क्रममा युवाहरुलाई नजिक बाट नियाल्ने प्रयास गरेको छु ।युवाहरु भनेको देशको परिवर्तनको संवाहक हो,यदि युवाहरुलाई ठिक ठाउमा परिचालन गर्ने हो भने पार्टीले खोजेको समाजवाद ल्याउन सजिलै सकिने राईको भनाइ छ ।पार्टीको प्रदेश सचिवालय सदस्य र वाइसियल नेपालको प्रदेश इन्चार्ज हुनुको नाताले अन्य दाबेदार भन्दा आफु सिनियर रहेको कारण पनि अझै बढी सशक्त दाबेदार रहेको जानकारी दिए ।
पार्टीको निर्देशन अनुसार सहि दिशा र एजेन्डामा कहिकतै नचुकेको र आउनेदिनहरुमा अझ बढी पार्टी र जनताको लागि लागिरहने उनको भनाइ छ ।