वैशाख ६
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत ५ गतेकै मितिमा पालिकाहरुबाट उम्मेदवारको नाम १ नं. प्रदेशमा सिफारिस गर्न भनेपनि उदयपुरमा गठबन्धनबीचको छलफलले ढिलाई भएको छ । चार गाउँपालिका र चार नगरपालिका रहेको उदयपुरमा गठबन्धनबीच छलफल गरेर उम्मेदवार सिफारिस गर्ने मनोसाय पार्टीहरुमा देखिए पनि गठबन्धन छलफलले ढिलाई भएको हो । जिल्ला अन्तर्गतका पालिकाहरुमा सिट बाडफाँटमा कुरा नमिल्दा ढिलाई भएको बताइएको छ ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख, प्रमुखको नाम सिफारिस गाउँनगर पार्टीले गर्दछ ।गठबन्धनको निष्कर्ष ढिलाई भएपछि आप्mनो पार्टीको आन्तरिक तयारीसमेतलाई ध्यानमा राख्दै पालिका पार्टीले धमाधम उम्मेदवार सिफारिस कार्य गरिरहेको छ भने प्रदेशले संकलन कार्य गरिरहेको छ । यसले गठबन्धनको निर्णयलाई असर नपर्ने गरी सिफारिसको काम अगाडी बढाइएको जनाइएको छ । गठबन्धन नभई एकल चुनाव लड्ने भएमा सिफारिस अनुसार टिकट मिलाउने र गठबन्धनबीच सहमति भएमा मिलाउने गरी सिफारिसको काम भइरहेको छ ।
यसै सन्दर्भमा नेकपा (माओवादी केन्द्र) को प्रदेश कार्यालयमा उदयपुरको एक पालिकाबाट सिफारिस प्राप्त भएको जनाएको छ । लिम्चुङबुङ गाउँपालिकाको सिफारिस आज प्राप्त भएको प्रदेश कमिटिका कार्यालय सचिव मातृका बराल “मुक्ती” ले बताउनुभयो ।

कार्यालय सचिव मुक्तीका अनुसार अध्यक्षमा मेजरकुमार राई र होम बहादुर राई गरी दुई जनाको नाम सिफारिस भएको छ । मेजरकुमार गाउँ पार्टी अध्यक्ष तथा हालको पालिका अध्यक्ष हुन् भने होमबहादुर पालिका सचिवालय सदस्य हुन् । उपाध्यक्षमा सुना राई, रुपा राई र डोमा राई गरी तीन जनाको नाम सिफारिस भएको छ ।
पाँच वडा रहेको लिम्चुङबुङमा १ नं. वडाध्यक्षमा भिमबहादुर राई, नन्द राई जनदिप थापा मगरको नाम सिफारिस भएको छ भने २ नं. वडाध्यक्षमा भविन्द्र राई, जितेन राई र दोदराज मगरको नाम सिफारिसमा परेको छ । त्यसैगरी ३ नं. वडाध्यक्षमा गन्जु शोर्पा र हर्कबहादुर राईको नाम सिफारिस छ । ४ नं. मा अर्जुन राई, गणेश रार्य र चिनबहादु राईको नाम सिफारिस भएको छ भने ५ नं. वडामा बिरबहादुर खड्का, दिनेश राई र दिपक राईको नाम सिफारिस भएको छ ।
प्रदेशमा उदयपुरको लिम्चुङबुङ बाहेक ताप्लेजुङ, पाँचथर, मोरङ, झापा लगायतका जिल्लाबाट सात÷आठ पालिकाको सिफारिस प्रदेशमा आइपुगेको जनाइएको छ । पालिकाहरुको सिफारिस आगामी ८ गतेसम्ममा प्रदेशमा आइसक्नु पर्नेछ । कतिपय जिल्लाले आप्mना जिल्ला अन्गर्ततका सबै पालिकाको सिफारिस एकिकृत गरी प्रदेश लैजाने तयारी रहेको बुझिएकोछ ।
नाम निर्विरोध सिफारिस भएकालाई प्रदेशले निर्वादरुपले टिकट दिनेछ भने एक भन्दा बढि आकांंक्षी भई सिफारिस आएको खण्डमा टिकटका लागि प्रदेशले निर्णय गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय