उदयपुर,वैशाख ५(मिना कु.राई)
सौचालय जान्छु भनेर गएका नगेन्द्र सोम्याङ (राई गुरु)उतै बाट टाप कसेका छन।उदयपुर जिल्लाको रौतामाइ गाउँपालिका ६ निगालेबाट बिहानको ५ बजे टाप कसेको उनका श्रीमती सुशीला सोम्याङ ले जानकारी दिएकि छिन।
निज ट्याक्टर चालक हुन।सङ्खुवासभा धर्मदेबी नगरपालिका ४ घर भै हाल कामको सिलसिलामा उदयपुर मा थिए।धेरै लामो समय देखि सम्पर्क बिहिन भएपछी श्रीमान् जीउँदै छन कि छैन भन्दै रुदै कराउदै सानो बालबच्चा चेपेर उनका श्रीमती सुसिला श्रीमान् को खोजिमा आएको महिला अधिकारकर्मी राधा मगरले बताएकी छिन।
हारगुहार गर्दै खोज्दै सानो काखको नानी च्यापेर मध्यरात को १ बजे पुगेर भेटाएको श्रीमान् केही कुरै गर्न नमानेपछी घर जाउ भन्दा चुपलागी बसेका श्रीमान् एक्कासि सौचालय बाटनै हराए पछि आफू सारै पिडित र बिचल्ली भएको सुशिलाको भनाइ छ।
उनले रुदै भनिन हामी तीन आमा छोरा श्रीमानको खोजिमा यति टड्पियौ तर यहाँ आएर बुझ्दा त वाहा सारै मोजमस्ती र अनैतिक सम्बधमा पो रमाएर हामिलाइ भुल्नु भएको रहेछ।उनले फेरि थपिन जब मोबाइलमा अरु सङ्ग नै बोलेको भेटे मेरो सबै आसाहरु मरिसके हामिलाइ माया मारिसक्नु भएको रैछ।म बाबुनानीहरुलाइ कसरी लालन पालन गरौं ।
आफू सङ्ग नानिलाइ ख्वाउने खर्चपनि नभएको तेसैमाथी नचीनेको ठाउँ आफुलाइ सारै गारो भएको उनको भनाइ छ।श्रीमान् अहिले नै सम्पर्कमा आए मिलेर बस्ने साथै कुनै उजुरबाजुर नगर्ने उनको भनाइ छ। श्रीमान् हराएपछी नजिकैको प्रहरी चौकी र मुर्कुची प्रहरी कार्यलयमा समेत श्रीमान् खोजिदिन फोटो सहित निबेदन हालेको बताएकी छिन।
महिला अधिकारकर्मी राधा मगर को अनुसार आफ्नो परिवारलाई बिचल्ली पार्ने लाई जुनै हालतमा जहाँ बाट भएनी खोजेर ल्याएर पिडित लाई न्याया र पिडक लाई कानुनी कठघरामा उभ्याउने छौँ।जो कोहिले निजलाइ देख्नु भएको छ र सम्पर्कमा भए नजिकैको प्रहरी कार्यलयमा बुझाइ दिन आग्रह समेत गरेकी छिन।:
:राई गुरु भनिने(नगेन्द्र साम्योङ)