बैशाख ४
त्रियुगा नगरपालिका ६ मा वडाअध्यक्षका लागि माओवादी बाट युवा नेतृत्व प्रवेश खड्कालाई उम्मेदवार बनाउने वडा कमिटीले निर्णय गरेको छ । प्रदेश सल्लाहकार गंगाध्वज कार्कीको उपस्थितिमा शनिवार बसेको वडा कमिटीको बैठकले सर्वसहमत रुपमा खड्कालाई माओवादी केन्द्र बाट त्रिनपा ६ वडाअध्यक्षको लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अध्यक्ष खड्का सहित खुल्ला वडा सदस्य तर्फ भरत कार्की, पुष्प अधिकारी, महिला वडा सदस्य चन्द्रमाया कार्की, दलित महिला वडा सदस्यमा मनुका विक लाई सर्वसहमत उम्मेदवार बनाउने बैठकमा उल्लेख गरिएको छ । वडा अध्यक्षका लागि उम्मेदवारी बनाउने निर्णय भएका खड्का नेपालभरीकै माओवादी केन्द्रका कान्छो वडाअध्यक्ष हो । उनि उदयपुर जिल्ला स्थिति त्रियुगा नगरपालिका ६ ललपत्ताका माओवादी केन्द्रका वडाअध्यक्ष हुन् ।