नयाँ बर्ष कबिता
.. खिला घिमिरे बुइपाखरी
नेपाली जनका उमङ्ख मनमा छर्दै नयाँ बर्षको
आयो सम्बत फरिदै मनभरी बाटो बनि हर्षको ।
कोइली बन बृक्षको कुहु कुहु गर्दै रतिरागले
गाउँछन् सुमधुर स्वर लहनी पे्रमीलता भाबले ।
नाच्तैछन बन भेगमा मयुर ति पंखा फिजाइकन
पे्रमिकाका मिठास गफमा सिंचन् गराई मन ।
पालुवा गृहवागमा फुल फुले सुन्दर हरिया बन
हेर्दै यो ऋतुमा सधै प्रगतिमा लागोस हामो्र मन ।
यस्तै सुन्दर याममा लहरिदै आयो नयाँ बर्ष यो
नेपाली जनको पबित्र मनमा छायी रहोस् हर्ष यो ।
ब्यापारी घरमा बनेर नगदी लक्ष्मी बसुन् हरघडी
किसानी घर खेतमा सह बसोस् अनाज हुन् घर भरी ।
रोगीको तनमा बनेर ओखती आओस् नयाँ बर्ष यो
ग्रिबका झुपडी भरी धन बनी छाओस् नयाँ बर्ष यो
दुखि कोहि नहृन् सबै खुसी हऊन् उन्नत् बनोस् देश यो
सद्भाब् पे्रम र शान्तीका फुल पुलुन् सुन्दर बनोस् देश यो