हिमाल राई।बराहक्षेत्र
अपाङ्ग विरामी छोरीको उपचार गर्न विभिन्न मनकारी दाता,सामाजिक सध,सस्था,सामाजिक अभियन्ताहरु सग वृद्दा आमाको विनम्रतापूर्वक अपिल गरेकी छिन।
यो’समाज’भनिने नभेटिने,नछोइने,नेदेखिने तर यसैको भयमा बाचिरहनु पर्ने हामीले यो सङ्कट र विषम परिस्थितिमा “आफू पनि बाचौ अरुलाई पनि बचाऔ”
भन्ने मनशायले आज सानो पूण्य गर्ने प्रयत्न गरेका छु”
!

वराहक्षेत्र १ को गैरी टोलमा बसोबास गर्दै आउनु भएकी ४६ वर्षीय मित्र देवि राई शारीरिक अशक्तता(प्यारालाइसिस) देव्रे,दाइने दुवै पाटो चल्न छडेपछि आर्थिक अभावका विच उपचार गर्न नपाइ अोछ्यानमा थला परी कष्टकर जिवन बिताइ रहेकी छन।

छोरीको दुवै खुट्टा चल्ने छोडे पछि विरामी छोरीको स्याहार सुसार गर्दै तथा नातिनीहरु‌ सन्ध्या,सृष्टिलाई हेरचार गरी गर्दै अर्काको घरमा भाडा तिरेर बसी रहेको कुरा विरामीको बृद्दा आमा लक्ष्मी देवी राईले बताउदै भन्नु भयो यही साउन देखि छोरीको दुवै खुट्टा चल्न छोडे पछि अोछ्यानमा दिसा,पिसाब गर्ने हुदा अौषधी उपचार गर्न अार्थिक अभाव तथा समस्या परे पछि मनकारी दाता,सामाजिक सध,सस्था,सामाजिक अभियन्ताहरुसग छोरीको उपचारका लागि पहलकदमी गरीदिन विनम्रतापूर्वक अपिल गरेकी छिन।
दैनिक ज्याला मजदुरी गर्दै घर व्यवहार तथा जिवन गुजारा गर्दै आइरहेकोमा आफ्नो आयस्रोतको बाटो नभए पछि घरमा नै बसेर श्रीमतीको स्याहार सुसार गरु भन्ने घरको चुला नजल्ने हुदा दैनिक ज्याला मजदुरी गर्न अपाङ्ग श्रीमती छोडर बाहिर जानुको आफुसँग अर्को विकल्प नभएको कुरा श्रीमान कुमार लिम्बुले बताए।
कामको सिल सिलामा श्रीमान घरबाट बाहिर गए पछि झन अौषधी,उपचार,खाध्यान्न तथा आर्थिक समस्या परेको कुरा विरामी मित्र देवि राईले बताउनुभयो।

मित्र देवि राईको अवस्था,समस्या तथा आबश्यक्ता बुझे पछि सप्तकोशी पुल कोठु वडा नं ८ मा galaxy hotel सन्चलक”Ishuor gurung”ले केही दिनलाई पुग्ने खाद्यान्न उपलब्ध गराउनु भएको छ।

वराहक्षेत्र वडा न १ का युवा तथा वडाका अपाङ्गता सम्बन्धि सहज कर्ता राजेश कटुवालको समन्वयमा पुर्ण अपाङ्ग भत्ताका लागि प्रकृया अघि बढाइएको छ।

यो पूण्यमा सहयोग गर्ने तथा जोडीन चाहानु हुने सबै पात्रहरुलाई धन्यवाद।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय