काठमाडौँ, पौष १५ मिना कुमारी राई[रन्जु]
पुर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल [प्रचण्ड]ले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्दी,सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको छ ।
बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागत गरी ल्होसार पर्व मनाउँदै छन् । दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने तमु ल्होछार पर्व तमु समुदायमा नयाँ वर्ष आगमनको खुसियालीमा बिशेष उत्साह र उमंगको साथ मनाउने साथै आफ्नो सस्कार सस्कृति लाइ परम्परा अनुसार सदियौ काल देखि संरक्षणर संबर्धंन गर्दै आएको उल्लेख गर्नु भएको छ ।
“नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्”, सन्देशमा भनिएको छ, “यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ”यस पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालिहरु बीच सहिष्णुता र सद्भावको भावना जागृत होस् भन्ने कामना समेत राख्नु भएको छ।