पौष १३,हिमाल राई। बराहक्षेत्र
पछिल्लो समय धेरैको अभिभावक तथा बिध्यार्थीहरुको रोजाईमा परेको सामुदायिक विद्यालय हो, बसन्तऋतु मा.बि.बराहक्षेत्र -७ ढिकझोडा,सोमबारेमा रहेको छ।
यस विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढाई संगै अतिरिक्त क्रियाकलापमा पनि निकै अगाडी रहेको छ।
सोमबार विद्यालयका सूचना अधिकारी सुमन बिकलको संयोजकत्वमा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो।
सो कार्यक्रममा ईलाका प्रहरी कार्यलय चक्रधटीका ट्राफिक प्रहरी देबराज बिष्टले ट्राफिक नियम वारेमा सहजीकरण गर्नु भएको थियो। विद्यालयको तर्फबाट शिक्षक लेखु न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्र.अ. प्रकाश पोखरेलले विद्यालयलाई अगाडी बढाउन जस्तो सुकै कठिनाई आए पनी समस्याहरुबाट पछि नहट्ने कुरा व्यक्त गर्दै भन्नु
पछिल्लो समयमा विध्यालयका शिक्षकहरुको कामबाट निकै नै सन्तुष्ट, प्रभावित समेत भएको समेत प्र.अ. पोखरेलले बताउनु भयो।
सचेतना मुलक कार्यक्रमबाट विद्यार्थीहरु लाभान्वित भएको कुरा शिक्षिका रुपा तामाङले जानकारी दिनु भयो।
विद्यालयमा युवा शिक्षक शिक्षिकाको जमात बढ्दै गए पछि गुणस्तरी शिक्षाले अतिरिक्त कृयाकलाप गर्दा नै विद्यालयले मुहार फेर्दै गएको तथा विद्यार्थीहरु निजि विद्यालयबाट बसन्तऋतु मा.बि.मा आकर्षित भएको कुरा युवा शिक्षिका द्वय जानुका आचार्य र सृजना पौडेलले जानकारी दिनु भएको छ। यस विद्यालयका शिक्षक हिमा बि.क.,फणिन्द्र पौडेल तथा सुमन बिकलले आफ्ना सन्तानलाई आफ्नै आफुले अध्यपन गर्ने विद्यालयमा छोरा, छोरी भर्ना गरेका छन।