पौष ८,हिमाल राई/बराहक्षेत्र
मदन भण्डारी राजमार्ग अन्तर्गत धरान चतरा सडक खण्ड पर्ने पुलहरुको आजबाट सर्भे(नाप जाँच) सुरु भएको छ।
चतरा धरान सडक खण्ड अन्तर्गत पर्ने पुलहरु बगुवा,बागखोलाको पुल सर्भेे आजबाट मदन भण्डारी राजमार्गका इन्जिनियर सुमन खतिवडा कन्सटेड प्रतिनिधिहरु सुरेन्द्र विष्ट, प्रसान्त विष्ट लगायतका टोलीले थालेको कुरा बडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए छन्।
आयोजनाका इन्जिनियर सुमन खतिवडा अनुसार
६० देखि ७० मिटर सम्म लम्बाईमा बन्ने पुलको चौडाई ९ मिटर भित्र १-१मिटर दुबै तर्फ मान्छे आवतजावत गर्ने पेटि रहने छ भने पुलको कुल लागत १० कडोर रुपैयाँ रहेको जानकारी दिदै भने
पुलको नाप जाँच गरी सकेपछि नक्सा बनाउने तर्फ लाग्ने तथा आर्थिक ०७८/०८९वैशाख पछिबाट सडक तथा पुलको ठेक्का लाग्ने र ठेक्का लागि सके पछि पुलको ठेकेदारले २ वर्ष भित्रमा काम सम्पन्न गर्नु पर्ने सर्त रहने छ।
बागखोला,बगुवामा हालसम्म पुल नहुँदा धरान चतरा सडक खण्ड अन्तर्गत भएर गाडी,मट्टरसाइलमा आवज जावत गर्ने यात्रुहरुलाई वर्षौ देखि समस्याको रूपमा रहेको थियो।
उक्त सडक खण्ड अन्तर्गत बागखोला,बगुवा खोला पुलको नाप,जाचको काम सुरुवात भए पछि उक्त समस्याबाट २ वर्ष पछिबाट सर्वसाधारण नागरिकहरू मुक्त हुने कुरा वडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिदै भने उक्त स्थानमा पुल तथा बाटो बनाउन वडा कार्यालयको तर्फबाट तथा व्यक्तिगत रुपमा पनि सहयोग गर्ने जानकारी गराए।
चतराको झण्डे चोक देखि
धरान सेउती खोला सम्म दुई लेन्थको ९ मिटरको पिज बन्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय