प्रिय जिवनसाथी
असिम माया❤️?
मेरो मनको लोभलाग्दो सवाल
सधैं हराउने यो मनको महल
थाहा नपाई नै म तिम्री बनिसकेकीछु
तिमीलाई, म कसरी बताउ कि
मायामा, मैले तिमीलाई रोजिरहेकीछु
म तिमीसँगै हराउन चाहन्छु
जहाँ-जहाँ म जान सक्छु
त्यहाँ-त्यहाँ तिमीलाई लान सकुँ
सपनाहरु अक्सर सुन्दर नै सजाईन्छ
हो त्यहीँ सपनाको एक कल्पना हौं
कल्पी-कल्पी मसँगै रहने चाहना हौं
हृदयको पुकारले तिमीलाई रोजेकीछु
तनमन वचनले तिमीलाई स्विकारेकीछु
तिमीलाई, मेरो अन्तरमनमा स्वागत गर्दैछु
अनि धेरै-धेरै सुभकामना मेरो आस्थालाई जोगाईदिनु
किनकि म तिमीसँगै हात थामेर वृद्ध अवस्थामा रहन चाहन्छु
सरल मनले माया भरेर थामेको तिमी नै प्यारो छ मलाई
साच्चै मेरो लागि तिमी नै प्रिय छौं
यसैले मेरो जिवनको साथी
मेरो तिमी नै त एक जिवनको साथ हौँ
धेरै-धेरै माया अनि सम्झना छ है
टाढा-टाढा भए पनि प्रिय मेरो मान्छे
सायद यी शब्दहरुले नै तिमीलाई स्पर्श गर्नेछ
अनि कुनै दिन सासले तिमीलाई जित्नेछ
हो जीवन साथी अमिट चोखो मायाको सौगात छ तिमीलाई
रातको रौनक अनि दिनको उज्यालो पनि तिमीलाई
उड्दै-उड्दै छुनेछ जुन बतासले, चुम्बन हो मेरो तिमीलाई
प्रियतम कलम रोकिदै छ तर दिलको बाटो हुँदै तिमीलाई
मात्रै तिमीलाई मुटुमा खोपेर मसिले रङ्गाउदै बिदा माग्दैछु माया अनि सम्झना तिम्री प्रियत?
समय-७बजे साझ
#सोनाम?






