हिमाल राई/ बराहक्षेत्र
बराहक्षेत्र नगर पालिका वडा नं १ बस्ने अति बिपन्न,असक्त अपाङ्ग तथा असहाय झ्याल बुट्टे राईको मृत्यु भए पछि श्रीमति तथा दुई नाबालक छोराहरूलाई लालन पालन तथा खाना लाउन समस्या परेको कुरा हिमाल राईले सामाजिक सन्जालमा अपिल गरेर पोष्ट गरे पछि वराहक्षेत्र नगर पालिका वडा नं १ घर भई हाल यु.ए.इ.को अबुधाबीमा रहेका सामाजिक अभियन्ता,मनका धनी दिलिप कुमार रायले स्वर्गीय राईको परीवारलाई नगद रु ८ हजार रुपैयाँ हिमाल राई मार्फत आर्थिक रकम सहयोग गरेको हुन।

अतिबिपन्न,असक्त,अपाङ्ग तथा असहाय कृष्ण कुमार माङपाङ राई झ्याल बुट्टेले दैनिक रिक्सा चलाएर आफु तथा आफ्नो परीवार सग दुख सुख जिवन यापन गर्दै आएका थिए।
विगत लामो समय देखि प्यारालाईसीस रोगबाट सरिरको देब्रो पाटो चल्न छाडे पछि झ्यालबुट्टे घरमा नै थला परी कष्टकर जीवन बिताइरहेका थिए। यहि २०७८ पौष १ गतेका दिन राईको मृत्यु भएको थियो।
श्रीमानको मृत्यु भए पछि
परिवारलाई अार्थिक समस्या परे पछि दैनिकी जिवन दुख,कष्ट पुर्ण विताउन वाध्य भइ रहेको कुरा स्व.राईको श्रीमती कृष्ण माया राईले बताउनुभयो।
स्व.राईको एक श्रीमती दुई नाबालक छोराहरू जेठा छेन्विहाङ राई वर्ष ११ को र कान्छा छोरा विविहाङ राई वर्ष १० को रहेका छन् उनिहरु अौलिया मा.बि. चतरामा कक्षा ६ मा अध्यान गरी रहका छन।
स्व.राईको मृत्यु पछि राईको परीवारलाई स्थानीय समाज सेवि अौलिया सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष रन्जित लोहनीले सामुदायिक वन समुहको तर्फबाट नगद रु ५ हजार रुपैयाँ सहयोग गरेका थिए भने वेलका नगर पालिका वडा नं ८ सप्तकोशी नदी पुल छेउमा रहेको चुला रेस्टुरेन्टका सञ्चालक समाजसेवी,मनका धनी नदिम राईले खाध्यान्न १ वोरा चामल सहयोग गरेका छन तेस्तै सप्तकोशी सुन चाँदी पसलका सन्चालक महेस बि.क.ले पनि १ बोरा चामल प्रदान गरेका छन।
राईको मृत्यु हुनु भन्दा अगाडी धाम पानीबाट अोत लाग्ने (बस्ने ठाउँ)घर समेत नहुदा स्थानीय समाजसेवी रन्जित लोहनी लगायतको पहलमा स्व.राईको परिवारलाई बस्न लायक घर बनाइ दिएका थिए।
झ्यालबुट्टे राईको परीवारलाई स्वर्गीय वीर माया फाउन्डेसन,किरात राई यायोक्खा प्रा.का.स.वडा वडा नं १-२ तथा लायन्स क्लब लगायत विभिन्न सामाजिक संघ,सस्था तथा व्यक्तिगत रुपमा अार्थिक तथा खाध्यान्न लगायत सामाग्रीहरु उपलब्ध गराएका थिए।

स्व. झ्यालबुट्टे राईको श्रीमती कृष्ण माया राई वर्ष ६५ को विवाह दर्ता तथा नागरिकता हाल सम्म पनि नबनाएको कुरा स्थानीय राज बान्तवा राईले बताउदै भने स्व.राईको श्रीमतिको नागरिकता नभएको हुदा जन प्रतिनिधिहरु ज्यु तथा सामाजिक संघ सस्थाहरुको ध्यान आकर्षण गराउदै नागरिक वनाउन पहल कदमि गरी दिन आग्रह गर्दै कृष्ण माया राईको नागरिकता नहुदा एकल महिला भत्ता लगायत राज्यबाट प्राप्त हुने सेवासुविधा बाट बन्चित हुनु पर्ने स्थिति देखिन्छ।
बडा नं १ का वडाअध्यक्ष सुरेश श्रेष्ठले वडाको तर्फबाट नागरिक वनाउन तथा आर्थिक सहयोग उपलब्ध गराउन पहल कदमि गरी दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय