पौष ३,उदयपुर
उदयपुरको ताप्लि गाउँपालिका २ लेखगाउँस्थित महाकाली आधारभूत बिद्यालय धारापानीका बालबालिका अव भुईमा बसेर अध्ययन गर्नु नपर्ने भएको छ ।
आर्थिक अभावकाकारण भुईमा बसेर अध्ययन गर्दै आएका उनीहरुलाई गाउँपालिका र साहास नेपालको सहयोगमा डेक्सवेन्च उपलब्ध गराएसँगै भुईमा बस्नु पर्ने बाध्यताबाट मुक्ती पाएका हुन् ।
कक्षा ५ सम्म स्वीकृत रहेको बिद्यालयमा यसअघि डेक्सवेन्च नै नभएपछि बालबालिकालाई गुन्द्रिमा राखेर पढाउने गरेको प्रधानाध्यापक सरोज रास्कोटीले बताए । बिद्यालय र बिद्यार्थीको समस्यालाई सम्बोधन गर्न पालिका र संस्थाको सहयोगमा ९० हजार मुल्य बराबरको १५ जोर डेक्सवेञ्च खरिद गरी हस्तान्तरण गरिएको पालिकाका शिक्षा अधिकृत सन्जु दहालले बताईन् ।
कक्षा ५ सम्म अध्ययन हुने उक्त बिद्यालयमा अधिकांस बालबालिका विपन्न दलित समुदायका रहेका छन् । आर्थिक अभावकैकारण डेक्सवेञ्चको सामान्य सुबिधाबाट बालबालिका बञ्चित रहेकाले सहयोग गरिएको संस्थाका प्रतिनिधि देवेन्द्र लामाले बताए ।
फर्निचर सामाग्री हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले पालिका भित्रका बिद्यालयलाई सुबिधा सम्पन्न बनाउँदै लैजाने योजना अनुरुप सहयोग गरिएको बताए । उनले गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि दंक्षजनशक्ति र संरचना आवश्यक रहकाले बिद्यालय सुधार कार्यक्रममार्फत बिद्यालयलाई सहयोग गर्ने नीति पालिकाको रहेको बताए ।
प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामाले शैक्षिक गुणस्तरियताका लागि पालिकाले कुनै कसर बाँकी नराख्ने बताए । उनले शिक्षाबाट कोही पनि बालबालिका वञ्चित नहुने भन्ने हेतुले बालबालिकालाई आकर्षित गर्न टिफिन खाजा, खेलौना, प्रविधिहरुको विकास गरिएको बताए । विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भएसँगै प्रविधिको अधिकतम प्रयोग हुन थालेपछि बालबालिकाहरुको संख्या बढेको शिक्षा शाखा प्रमुख दाहालले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय