हिमाल राई
बराहक्षेत्र :- हाटखोला फुटबल क्लबको आयोजनामा युवाहरुको चाहना दुर्ब्यसन मुक्त समाजको स्थापना भन्ने नारा सहित “प्रथम बराह च्यालेन्ज कप”क्लब स्तरिय फूटबल प्रतियोगिता अन्तर्गत आज सनिवार भएको फाइनल खेलमा पटनालि फुटबल क्लबले १-० सप्तकोशी फुटबल क्लबलाई हराउदै नगद रु ५१ हजार रुपैयाँको धन राषि,सिल्ड तथा मेडल आफ्नो पोल्टामा हात पार्न सफल भएको छ।

पटनालि फुटबल क्लब खेलाडी जर्सी ११ का सलमान द्वारा खेल सुरु भएको ४ अौ मिनेटमा १ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
मध्यन्तर पछि सप्तकोशी फुटबल क्लबका खेलाडीहरुले गोल गर्ने अवसर प्राप्त गरेता पनि खेलमा फर्किने अवसरलाई सहि सदुपयोग गर्न सकेनन् ३१ हजार रुपैयाँको दोस्रो पुरस्कारमा चित बुझाउन बाध्य भए।
६० अौ मिनेटको खेल अवधिभर दुवै टिमले रोचक,उत्कृष्ट खेल प्रदर्शन गरे पनि मध्यन्तर अगाडि पटनालि फुटबल क्लब १-० अग्रता लिएको थियो।
खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने
सप्तकोशी फुटबल क्लबका खेलाडीले राम साहीले नगद रु ३ हजार रुपैयाँ प्राप्त गरेका छन।
उत्कृष्ट विधाहरूमा
१, सर्वाधिक गोलकर्ता पटनालि फुटबल क्लबका ‌खेलाडि साहिल राई
२, उत्कृष्ट गोलरक्षक पटनालि फुटबल क्लबका सुमन निरौला
३, उदयमान खेलाडी हाटखोला फुटबल क्लबका खेलाडी हिमाल कुवर
४,उत्कृष्ट डिफेन्स पटनालि फुटबल क्लबका खेलाडी सुजन बस्नेत
लगायतले नगद रु ३ हजार रुपैयाँका दरले रकम,प्रमाण पत्र,मेडल प्राप्त गरेको कुरा अायोजक कल्बका सचिव रोहित साहले जानकारी दिएका हुन्।
आजको म्यानवद म्याच सलमान लिम्बू धोषित भएका थिए उनलाई नेपाली कांग्रेसका क्षेत्रीय सह सचिव सुमित राईले प्रदान गरेका थिए।

आयोजक हाटखोला कल्बले स्थानीय सन्चारकर्मी हिमाल राईलाई पत्रकारिताको माध्यमबाट बराहक्षेत्रमा खेलकुद लगायत विभिन्न सामाजिक कार्यमा अतुलनीय योगदान गरे वापत उच्च मुल्यांकन गर्दै सम्मान गरेको छ।
प्रथम, दोस्रो पुरस्कार सौजन्य गरे वापत चतरा सहकारी संस्था, आदर्श सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष सिता पौडेल तथा टेक माया थापालाई सम्मान गरेको थियो।
हाटखोला फुटबल क्लबलाई ५.५ कठ्ठा जग्गा उपलब्ध गराए वापत जग्गा धनी राम बहादुर रायलाई तथा खेल अवधिभर स्वास्थ्य सेवा सुविधा दिए वापत प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई पनि सम्मान गरेको कुरा अायोजक कल्बका अध्यक्ष विकास सुनुवार जानकारी दिए।

रेडियो सुनसरी
चक्रधटीका चर्चित प्रस्तोता सुमन विकलले कार्यक्रम सञ्चालन गरेका थिए।
आयोजक कल्बका विकास सुनुवार,विशिष्ट अतिथि एन्फा मानार्थ उपाध्यक्ष किसोर राई, वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई, सिता पौडेल,टेक माया पाण्डे, नारायण नेपाल,दिपेस बस्नेत,अमर कटुवाल,जितेन राई, सशस्त्र प्रहरी वेश क्याम्प चतरा वेस क्याम्प इन्सपेक्टर रामेश्वर ढकाल, इलाका प्रहरी कार्यालय चतराका सइ चित नारायण माझी लगाएतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर