हिमाल राई/बराहक्षेत्र
प्रथम बराह नकआउट फुटवल कपमा पटनालि फुटबल क्लब बिजयी हुदै फाइनलमा प्रवेश गरेको छ।
बराहक्षेत्र वडा नं २ मा जारी प्रथम बराह नकआउट फूटबल प्रतियोगिता अन्तर्गत आज बिहिबार भएको खेलमा पटनालि फुटबल क्लबले २-० एभरेष्ट फुटबल क्लबलाई हराउदै फाइनलमा प्रवेश गरेको छ ।
पटनालि फुटबल क्लब खेलाडी जर्सी २० का युनिक कार्की द्वारा खेल सुरु भएको ३ अौ मिनेटमा १ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
पटनालि फुटबल क्लब खेलाडी जर्सी ८ का साहिल राईले खेलको १२ अौ मिनेटमा पुनः दोस्रो १ गोल गरेर टिमलाई २-० ले अग्रता दिलाए थिए।
६० अौ मिनेटको खेल अवधिभर दुवै टिमले रोचक,उत्कृष्ट खेल प्रदर्शन गरेका पनि मध्यन्तर अगाडि पटनालि फुटबल क्लब २-० अग्रता लिएको थियो।
मध्यन्तर पछि एभरेष्ट फुटबल क्लबका खेलाडीहरुले गोल गर्ने अवसर प्राप्त गरेर खेलमा फर्किने अवसरलाई सहि सदुपयोग गर्न सकेनन्।
पटनालि फुटबल क्लबले एभरेष्ट फुटबल हराउदै फाइनलमा प्रवेश गरेको छ।

आजको खेलको म्यान अफ द म्याच पटनालि फुटबल क्लब दिपक गिरी घोषित भएका थिए उनलाई आयोजक हाटखोला फुटबल क्लबका अध्यक्ष विकास सुनुवारले नगर रु २ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरेका थिए।
बराहक्षेत्र २ हाट खोला निवासी मज्जाको राई (नाङगेेल)ले प्रतेक खेलको म्यन अफ द म्याच हुने खेलाडीलाई नगद २ हजार रुपैयाँका दरले उपलब्ध गराएको कुरा आयोजक कल्बका अध्यक्ष विकास सुनुवार जानकारी गराए।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५१ हजार दोस्रो ३१ हजार रुपैयाँ तथा ट्रफी खेलअवधि भर उत्कृष्ट खेल प्रदर्शन गर्ने १ जना खेलाडीले नगद रु ५ हजार रुपैयाँ प्राप्त गर्ने छन भने उत्कृष्ट विधाहरुमा
१, सर्वाधिक गोल गर्ने
२, उत्कृष्ट गोलरक्षक
३, उत्कृष्ट मिडफिल्डर
४, उत्कृष्ट डिफेन्स
५ राजिङ प्लेयर
६,उत्कृष्ट कोच लगायतले
नगद रु ३ हजार रुपैयाँका दरले रकम प्राप्त गर्ने कुरा अायोजक कल्बका सचिव रोहित साहले जानकारी दिएका हुन्।

यही ३ गते सनिवारका दिन ठिक २ बजेबाट बराहक्षेत्र नगर पालिका भित्र रहेर पत्रकारिता गरीरहेका पत्रकार तथा आयोजक भेटानसग फुटबल प्रतियोगिता हुने कुरा आयोजक कल्बका सचिव रोहित साहले जानकारी दिए।

फाइल खेल यही पुष ३ गते सनिवारका दिन ठिक ३ वजेबाट बाइस बिगे खेल मैदानमा सप्तकोशी फुटबल क्लब देवी धाट तथा पटनालि फुटबल क्लब ‌धरान विच एक अर्कामा विच रोचक,उत्कृष्ट खेल हुने कुरा राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय