
हिमाल राई/बराहक्षेत्र
प्रथम बराह नकआउट फुटवल कप सप्तकोशी फुटबल क्लब बिजयी हुदै फाइनलमा प्रवेश गरेको छ।
बराहक्षेत्र वडा नं २ मा जारी प्रथम बराह नकआउट फूटबल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको खेलमा सप्तकोशी फुटबल क्लबले १-० आयोजक हाटखोला फुटबल क्लबलाई हराउदै बिजयी भइ फाइनलमा प्रवेश गरेको छ ।
६० अौ मिनेटको खेल अवधिभर दुवै टिमले रोचक,उत्कृष्ट खेल प्रदर्शन गरेका पनि मध्यन्तर अगाडि दुवै टिमले गोल गर्ने अवसर प्राप्त गरेता पनि गोल गर्न चुकेका थिए।
खेल ०-० बराबरीमा टुंगिएको थियो।
सप्तकोशी फुटबल क्लब खेलाडी जर्सी २ का सुसन लामिछाने द्वारा मध्यन्तरको अन्तिम समय ३०अौ मिनेटमा १ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
आयोजक हाटखोला फुटबल क्लबका खेलाडीहरुले गोल गर्ने अवसर प्राप्त गरेता पनि गोल गर्न नसक्नु नै सप्तकोशी फुटबल क्लबका खेलाडी सुसन लामिछानेले गरेको १ गोल नै आजको खेलको निर्णायक गोल सावित भयो।
आजको खेलको म्यान अफ सप्तकोशी फुटबल क्लब सुभाष तामाङ घोषित भएका थिए उनलाई आदर्श सामुदायिक वन उपभोक्ता समिती सचिव अमर कटुवालले नगर रु २ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरेका थिए।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५१ हजार दोस्रो ३१ हजार रुपैयाँ तथा ट्रफी पाउने कुरा आयोजक क्लबका सचिव रोहित साहले बताए।
प्रथम पुरस्कार तथा दोस्रो पुरस्कारको धन रासि चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था तथा आदर्श सामुदायिक वन उपभोक्ता समिती बराहक्षेत्र वडा नं २ ले प्रयोजन गरेको कुरा हाटखोला फुटबल क्लब अध्यक्ष विकास सुनुवारले जानकारी दिए।
खेल अवधिभर प्राथमिक स्वास्थ्य केन्द्र चतराका स्वास्थ्यकर्मीहरुले धाइते खेलाडीहरुलाई खेल मैदानमा प्राथमिक उपचारको सेवा सुविधा दिई रहेका छन्।
भोलिको अन्तिम सेमिफाइनल खेल:-
एभरेष्ट फुटबल क्लब नडहा तथा पटनालि फुटबल क्लब धरान विच हुने कुरा राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले जानकारी गराए।