हिमाल राई/बराहक्षेत्र
प्रथम बराह नकआउट फुटवल कप पटनालि फुटबल क्लब बिजयी हुदै तेस्रो चरणमा प्रवेश गरेको छ।

बराहक्षेत्र वडा नं २ मा जारी प्रथम बराह नकआउट फूटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार भएको खेलमा पटनालि फुटबल क्लबले ४-१ ग्रिन कल्चर फुटबल क्लबलाई हराउदै बिजयी भएको छ ।

ग्रिनकल्च फूटबल क्लबलाई १ विरुद्ध ४ गोल ले हराउदै पटनालि फुटबल क्लब तेस्रो चरणमा प्रवेश गरेको छ।
ग्रिनकल्च फुटबल क्लब खेलाडी जर्सी ६ का उमेस कार्की द्वारा खेल सुरु भएको ८ मिनेट गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
पटनालि फुटबल क्लब खेलाडी जर्सी ८ का साइल राईले मध्यान्तरको २३अौ मिनेट १ गोल गर्दै खेललाई बराबरी पुराएका थिए।
६० मिनेटको खेल अवधिभर दुवै टिमले रोचक,उत्कृष्ट खेल प्रदर्शन गरेका गरेता दुवै टिमले गोल गर्ने अवसर प्राप्त गरे पनि गोल गर्न चुकेका थिए। खेल १-१ को बराबरीमा टुगिएको थियो उन्तत्वो आजको रेफ्री विकास सुनुवारले ट्राइवेकर साहारा लिएका थिए।
टाइबेक्रर पटनालि फुटबल क्लबले ४-१ ले ग्रिनकल्च फुटबल क्लब हराउदै जित निकाल्न सफल भएको थियो।

आजको खेलको म्यान अफ म्याच पटनालि फुटबल क्लब गोलरक्षक सुमन निरौला घोषित भएका थिए उनलाई ग्रिनकल्च फुटबल क्लब चक्रधटीका उपाध्यक्ष खेल प्रेमी दिनेस राईले नगर रु २ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरेका थिए।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५१ हजार दोस्रो ३१ हजार रुपैयाँ तथा ट्रफी पाउने कुरा आयोजक क्लबका सचिव रोहित साहले बताए।
प्रथम पुरस्कार तथा दोस्रो पुरस्कारको धन रासि चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था तथा आदर्श सामुदायिक वन उपभोक्ता समिती बराहक्षेत्र वडा नं २ ले प्रयोजन गरेको कुरा हाटखोला फुटबल क्लब अध्यक्ष विकास सुनुवारले जानकारी दिए।

खेल अवधिभर प्राथमिक स्वास्थ्य केन्द्र चतराका स्वास्थ्यकर्मीहरुले धाइते खेलाडीहरुलाई खेल मैदानमा प्राथमिक उपचारको सेवा सुविधा दिई रहेका छन्।

भोलिको अन्तिम सेमिफाइनल खेल:-
सप्तकोशी फुटबल क्लब देवी धाट तथा आयोजक हाटखोला फुटबल क्लब ‌रातो विच हुने कुरा राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय