उदयपुर
मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरको अध्यक्षमा पुनः शंकरबहादुर थापा चयन भएका छन् ।
संस्थाको शनिबार सम्पन्न ९ औँ अधिवेशन तथा २४ औँ साधारणसभाले थापाको नेतृत्वमा १३ सदस्य पुरानै कार्यसमिति दोहोरिएको हो । समितिको उपाध्यक्षमा मणिकादेवी दुलाला, सचिबमा अनिल थापा, सहसचिबमा जिवनाथा दाहाल र कोषाध्यक्षमा फुलकुमारी चौधरी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा उमेश पाण्डे, भरत खड्का, विकास बन्जरा, केशव राई, सत्यनारायण चौधरी, प्रतिका गदाईली, निरा राई र श्याम राई रहेको अध्यक्ष मण्डलका संयोजक महेश्वर राईले जानकारी दिईन् ।
साधारणसभाले तीन वटा प्रस्ताव पास गरेको छ । अध्यक्ष थापाद्धारा प्रस्तुत संस्थाको प्रगति प्रतिवेदन र आगामी कार्ययोजना, कोषाध्यक्ष चौधरीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र सदस्य विकास बन्जराद्धारा प्रस्तावित बिद्यान शंसोधन प्रस्ताव सर्वसहमतिबाट पारित भएको छ ।
संस्थाको सामाजिक परीक्षणसमेत भएकाले तीन बर्ष यता सञ्चालित कार्यक्रमहरुका आयव्यय, उपलब्धिहरुसमेत जानकारी दिइयो । कार्यक्रममा वल्र्डभिजनसँगको सहकार्यमा सञ्चालित पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना, मातृशिशु स्वास्थ्य तथा पोषण कार्यक्रमका बारेमा एनआरएल परियोजना अधिकृत गोबिन्द ढकालले प्रगति प्रतिवेदन सुनाएका थिए ।
त्यसैगरी पिएसआई नेपालको सहयकार्यमा सञ्चालित महिला स्वास्थ्य परीयोजनाका बारेमा कार्यक्रम अधिकृत ओमनारायण झा, वल्र्ड नेर्भस इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालित एकिकृत विकास कार्यक्रमका बिषयमा कार्यक्रम संयोजक विनु सुबेदी र सवल कार्यक्रमको प्रगति प्रतिवेदन सुनाएका थिए ।
तीन बर्षको अवधिमा सञ्चालित ५ वटा परियोजनाको कुल वजेट १९ करोड ३४ लाख ८२ हजार ३७१ रुपैँया ४५ पैसा रहेकोमा १८ करोड ८४ लाख ४१ हजार ६८३ रुपैँया ११ पैसा खर्च भएको कोषाध्यक्ष चौधरीको प्रतिवेदनमा उल्लेख छ । संस्थाका अध्यक्ष थापाले तीन बर्षका अवधिमा भएका मुख्य–मुख्य गतिविधी, संस्थाको उदेश्य, लक्ष्य र भावि रणनीतिका सन्र्दभमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद अम्बिका थापाले हुरेण्डक संकटको बेला स्थापना भएको संस्था भएकाले उदयपुर जिल्लाको सामाजिक अभियानमा संस्था अब्बल सावित भएको बताईन् । विगतलाई सम्झदै उनले भनिन्, ‘दश बर्षे जनयुद्धमा मानविय क्षति हुन नदिनका लागि संस्थाले अग्रणी भुमिका निर्वाह गरेको र थुप्रै मानिसको जीवनरक्षा गर्न सहयोग गरको छ ।
त्यसैगरी गैरसरकारी संस्था महासंघका केन्द्रिय सल्लाहकार सृजना दनुवार, केन्द्रिय सदस्य तथा प्रदेश इन्र्चाज महेश्वरी राई, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, अनेमसंघका केन्द्रिय सदस्य भवानी थापा, गैसस महासंघका जिल्ला कोषाध्यक्ष सृजना दनुवार, एकल महिला जिल्ला संजालका अध्यक्ष शोभा दाहाल, एसीडिसीका महासचिब राजु तुलाधारले आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय