उदयपुर
भारतीय कम्पनी भिवोन ब्राण्डका आधुनिक फर्निचरहरु उदयपुरको सदरमुकाम गाईघाटमा भित्र्एिका छन् ।
उदयपुर, खोटाङ, लगायतका पुर्वि जिल्लालाई लक्षित गरी कम्पनीले भिवोन ब्राण्डका कुर्सीहरु विहीबारदेखि औपचारिकरुपमा विक्रीवितरण सुरु गरेको हो । त्रियुगा नगरपालिका ११ पुरानो पेट्रोलपम्प अगाडी खोलिएको शोरुमको त्रिनपा ११ का वडाध्यक्ष विश्वराज भट्टराई र नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
शोरुमको उद्घाटन गर्दै वडाध्यक्ष भट्टराईले वढ्दो सहरीकरणलाई लक्षित गर्दै भित्र्याईएका विदेशी ब्रान्डका सामानले समाज आधुनिकता तर्फ धकलिएको बताए । आफ्नो वडामा नयाँ शोरुमको स्वीकृति दिएकोमा कम्पनीलाई धन्यवाद दिँदै उनले सामान्य नागरिकको पहुँचमा पुग्ने गरी सस्तो, भरपर्दो र वलियो किसिमका सामग्री बजारमा ल्याउन आग्रह गरे ।
उनले विदेशी ब्राण्डका सामानहरु विक्रीका लागि शोरुम खुल्नु यस क्षेत्रको व्यवसायिक विकासमा योगदान पुग्ने वताए । १८ आइटमका चेयरहरु रहेको शोरुममा ९ हजार ७५० देखि १ लाख २९ हजार सम्मका चेयरहरु विक्रीका लागि राखिएको आधिकारिक विक्रेता पोखरेल एण्ड सन्स सप्लायर्स एण्ड ट्रेडसका सञ्चालक पर्वत पोखरेलले बताए ।
उनले यो कम्पनीका कुर्सी महँगो भए पनि आरामदायी र गुणस्तरीय रहेको बताए । नेपालमा हाल भिवोन ब्राण्डका फर्निचरका २९ वटा शाखा सञ्चालन रहेको कम्पनीका कन्ट्री म्यानेजर प्रवीन श्रीवास्तवले बताए । भिवोन चियर ढाड दुख्ने समस्या भएका व्यक्तिका लागि उपयुक्त हुने उनले बताए । उनले भने, ‘यी कुर्सीहरू आरामदायी हुन्छन्, ढाड दुख्ने समस्या पनि निम्त्याउँदैन ।’
प्रदेश १ का तीन स्थानमा विराटनगर, इटहरी र गाईघाटमा शाखा विस्तार गरिएको उनले जानकारी दिए । यस्तै प्रदेश २ मा पनि सेवा विस्तार गर्ने र अन्य स्थानमा पनि विस्तारै शाखा विस्तार गर्ने उनले जानकारी दिए । उक्त ब्रान्डका कुर्सी भारतमा बन्ने गरेको उनले बताए ।
उनले भिवोन ब्रान्डका प्रत्येक कुर्सीको दुई वर्षको वारेन्टी रहेकोसमेत जानकारी दिए । एउटा कुर्सीले सातदेखि आठ सयसम्मको भार थेग्नसक्ने उनले बताए । केही समयपछि भिवोन सर्भिस टेन्टर पनि सञ्चालनमा ल्याउने म्यानेजर श्रीवास्तावले जानकारी दिए । महँगो भए पनि दसैँतिहारको अवसरमा कम्पनीको तर्फबाट छुटको व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय