OU,उदयपुर
पार्टी विभाजनको प्रभाव नपरेको उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा एमालेले आफ्ना संगठनका गतिबिधिलाई तिव्र बनाएको छ ।
आगामी निर्वाचनलाई लक्षित गरी एमालेले पार्टी एक ढिक्का रहेको सन्देश प्रवाह गर्न पर्यटकिय क्षेत्र रौतापोखरीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरी जिम्वेवारी फेरवदल गरेको हो ।
भेलाले भरतबहादुर थापा संयोजक, केशव राई सह–संयोजक, हेमकुमार खड्का सचिब र ललित मगरलाई उपसचिबको जिम्वेवारी दिएको छ । यस अघिका संयोजक जिल्ला कैलाश बस्नेतले जिम्वेवारी हस्तान्तरण गर्ने घोषणा गरेपछि तत्कालिन सह–संयोजक थापाले नेतृत्व समालेका हुन् ।
माधव नेपालको नेतृत्वमा पार्टी चोईटिएपछि जिल्लाको रौतामाई, ताप्लि गाउँपालिका र बेलका नगरपालिकामा एमाले एक ढिक्का रहने निर्णय गरेको थियो । नेपाल समुह वाहिरिएसँगै अन्य पालिकामा छिटफुट असर परेपनि यी पालिकाका कुनै पनि जनप्रतिनिधिले एमालेबाट विचलितन नएको अध्यक्ष इश्वरमणि राउतले बताए ।
भेलालाई सम्बोधन गर्दै उनले भने, ‘तपाईहरुको चट्टानी अडानको पार्टी सधैव सलुट गर्दछ, र बाँकी दिनमा पनि पार्टीले यस्तै अपेक्षा राखेको छ । अध्यक्ष राउतले निर्वाचनको मिति नजिकिदै गएकाले टुटफुट र गुटउपगुटबाट जोगिँदै पार्टी संगठन निर्माणमा जुटन नेता कायकर्तालाई आह्वान गरे ।
‘पार्टी भित्र दुई लाईन संर्घषहुँदा केहि नेता कार्यकर्ता दायाँ वाँया हुनु भयो होला त्यसमा जिल्लाको नेतृत्वको हैसियतले तपाईहरुसँग म माफि माग्दछु तर अव त्यो संर्घष सकिएको छ त्यसैले हिजोको विरासत पुनः कायम राख्न लागि पर्नुस ।
उनले एमालेको लोकपृयता देखेर शासक, सामन्तहरु फेरी शिर उठाउन थालेका छन् त्यसैले तिनीहरुलाई समाप्त पार्ने थलो निर्वाचन भएकाले एकताबद्ध भएर संगठन निर्माणमा जुटन आग्रह गरे । माधव नेपाल समुहलाई नवदक्षिणपन्थीको संज्ञा दिँदै अध्यक्ष राउतले भने, ‘एमाले हँु भन्ने दलाल, पुँजीपतिको पार्टी नेपाली काँग्रेसलाई मत हाल्ने, त्यस्ता विचार र सिद्धान्तबाट स्खलित भएका नेता र तिनको पार्टीलाई समयमा चिन्नु पर्दछ ।
एमाले उपाध्यक्ष विमल कार्कीले ओली नेतृत्वको सरकारको कामको लोकपृयता र विदेश नीतिकाकारण सरकार ढाल्न वैदेशिक शक्तिले हमला गरेको आरोप लगाए । उनले विदेशी चर्को हस्तक्षेपविरुद्ध ढाडो प्रतिबाद गर्दा ओली सरकार ढलेको र पार्टी पनि विभोजन भएको आरोप लगाए । उपाध्यक्ष कार्कीले माओबादी पार्टी सँगठन अस्थित्व रक्षा गर्ने अवश्थामा नपुगेको बेला उसलाई एकतामा ल्याउनु कमजोरी भएको बताए ।
सचिब परमेश्वर घिमिरेले उदयपुरको पार्टीको चट्टानी एकतालाई लिएर गाउँ प्रवेश गरेको बताए । उनले एकताबद्ध एमालेलाई चोईटाउने नीति कुनै पनि हालतमा स्वीकार्न नसकिने भन्दै प्रचण्डलाई धाकधम्की भन्दा हिम्मत भए मैदानमा आउनु चुनौती दिए ।
उनले कसैको लहड र उक्साहटमा नचल्ने भन्दै संम्यमित र जिम्वेवार भै आफुहरुलाई जनताको सेवामा उभ्याउन सचिव घिमिरेले आग्रह गरे । कार्यक्रममा जिल्ला कमिटी सदस्य भरतबहादुर थापा, जिक सदस्य तथा रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, सदस्य कृष्णकुमार भण्डारी, क्षेत्रीय सदस्य कुमारी आले लगायतले बोलेका थिए ।
सोही अवसरमा नेकपा माओबादीका रामबहादुर सार्कीको नेतृृत्वमा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । नयाँ जिम्वेवारी पाएका सह–संयोजक राईले पार्टी अभियानलाई तिव्रता दिँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाएरै छाड्ने बताए ।