हिमाल राई बराहक्षेत्र
बराहक्षेत्र वडा नं २ वयरवन बजारमा रहेको सप्तकोशी ज्वोलेर्स चोरी भएको छ।
रातको समयमा घरको ढोका फोडि ज्वलर्स रहेको सुन चाँदी लगायतका गरगहना चोरी भएको कुरा सन्चालन महेश बि.क.ले बताउदै
उनले भने:-१,
छापे चुरा २ थान ६० लाल सुन
२,चन्द्रमा जुन ४ थान आधा तोला सुन
३,छापे चन्द्रमा २ थान २४ लाल सुन
४,ग्राहकले सफा गर्न दिएको सुनको अौठि २ थान आधा तोला
५,काम गर्दागर्दै रहेको ६० लाल सुन
चादी १ के.जि.तथा
सप्तकोशी ज्वोलेर्सका कार्यरत कालिगढ अमर कालिकोटेको सुनको तिलहरी २ थान लगायत अन्दाजी ४ लाख ५० हजार रुपैयाँ बराबरको सुन चाँदीको गरगहना चोरी भएको र दोकान भित्र रहेको सिसि क्यामेराको डिभाइस (रेकडर) पनि चोरले चोरेर लगेको कुरा सन्चालन वि.क. बताए।
अमर कालिकोटेका अनुसार आज विहान घरबाट दोकान खोल्न आउदा चोरले पसलमा लगाएको ताला तोडफोड गरी दोकानमा रहेको आफुले बनाउदै गरेको सुनको तिलहरी २ थान लगायत साहु महेश वि.क.का सुन चादीका गरगहना दोकानबाट चोरी भएको कालिकोटेले थाहा पाएका हुन।
इलाका प्रहरी कार्यालय चतराका स.इ अमर लावतीका अनुसार सुनचाँदी व्यवसायी महेश वि.क.को निवेदन परेको र सङ्कापद व्यक्तिहरुलाई छानबिन को दायरामा भित्र राखि अनुसन्धान तदारुकता साथ अगाडि बढाएको जानकारी दिए छन।

छिन्नमस्ता ज्वोलेर्स तथा सुनचाँदी व्यवसायी संघ सुनसरीका कोषअध्यक्ष रन्जित लोहनीका अनुसार वडा नं १-२ का व्यापारी तथा नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिन नेपाल प्रहरी तथा ससस्त्र प्रहरी बेस क्याम्प चतराले रातको समयमा गस्ति बडादिन,ठाउँ ठाउँमा सिसि क्यामेरा क्यामरा जडान गरि दिन सम्वन्धित निकायका संग आग्रह गर्दै उनले थपे वडा नं १-२ मा स्थानीय व्यक्तिहरु सुभरा राई,सन्तोष साह,अालोक श्रेष्ठ,राजु कटुवाल,राम राई तथा सेन्चुरी बैंक कार्यरत कर्मचारी मोहन दाहाल लगायतले पार्किङ गरी राखेको स्थानबाट रातको समयमा मोटर साइकल चोरी तथा आज सप्तकोशी ज्वोलेर्समा ढोका फोडि सुनचाँदीका गरगहना चोरी भएको धटनाले यस क्षेत्रमा
चोरी सख्यामा वृद्धि भएको छ। चोरी धटनामा ठूलो सक्रिय गिरोह हुने आसङ्का व्यक्त गर्दै
चोरी धटना रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यान जान जरुरी देखिएको कुरा रन्जित लोहनीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय