हिमाल राई बराहक्षेत्र
बराहक्षेत्र नगरपालिका वडा नं ९ हिडलुवाका कृषक मान बहादुर कार्की नगरपालिकाले नगरवासिहरुलाई दुहुना गाई बितरण गर्दैछ भन्ने थाहा पाउने वित्तिकै आफ्नो वडा कार्यलयमा सम्पर्कमा पुगे।नगरले निधारण गरेको मापदण्ड बैदेसिक रोजगारी समस्या भएर फर्केका, बढिमा ५ कट्टा भन्दा कम जमिन भएका, एकल महिला तथा दलित समुदायलाई प्रथामिकता भने पछि आफुहरु मापदण्ड भित्र नपर्ने भए पछि कार्की फर्म नभरी फर्किए ।
वडाले गाई वितरण गर्दा मापदण्ड विपरीत आर्थिक अवस्था सम्पन्नता परीवारहरुले
पाए पछि कार्की लगायत स्थानीय बासिन्दाहरू वडा कार्यालय बिरुद्ध आक्रोषित समेत बनेका छन्।
नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा दुहुना गाई वितरणमा मनोमानी गरेको आरोपमा लगाएका छन।
गाई बितरण गर्दा राजनैतिक पुर्वग्रह राखेर बडाध्यक्ष तथा सदस्यहरुहरुले आफ्ना निकट व्यक्तिहरुको नाम सिफारिस गरेको आरोप ऋषि प्याकुरेलले लगाउदै भनेका छन वडा कार्यालयले गाउ घरमा सम्पन्नता भएका परिवारको २-३ बिगा नै जमिन भएका सरकारी जागिरमा पनि उच्च तहका जागिरे पनि भएका परीवारका सदस्यले गाइ पाएका आरोपमा लगाउदै भने
घरमा वर्षौ देखि पाल्दै आएको गाई देखाएर नगरपालिकाको अनुदानको रकम दुरुपयोग गरेको आरोप लगाएका छन।
कृषकहरुले ३५ हजार नगरपालिकाले ३५ हजार रकम उपलब्ध गराउने भनिएको छ।
वराहक्षेत्र नगरपालिकाले २ सय २८ वटा गाई वितरणको लक्ष्य लिएकोमा नगरले बिहिवारसम्म १ सय ५५ वटा मात्र गाई वितरण गरेको छ।
कम्तीमा ८ लिटर दूध दिने जर्सी वा होलस्टोन गाई कृषकले खरिद गर्नुपर्ने हुन्छ।
वडा नं ९ मा २५ परिबारलाई गाई बितरण गर्ने योजन अनुसार केही बाहेक सबैले गाई खरिदको प्रकृया पूरा गरेका छन् । केहिको सम्झौता हुन बाकि रहेको छ।
वडा नं ९ का अध्यक्ष दिपक लिम्बूले भने गाई बितरणमा राजनैतिककरण पुर्वग्रह नराखी मापदण्ड रहेर बितरण गरेको दाबि गरेका छन।
आर्थिक बर्ष २०७७ तथा ०७८ को वराहक्षेत्र नगरपालिकाको निशर्त अनुदानअन्तर्गत विनियोजित १ करोड ६० लाख रुपैयाँबाट कृषकहरुलाई दुहुना गाई वितरण गर्ने योजना रहेको छ।
वडा कार्यलयले सिफारिस गरेको आधारमा रकम दिने गरेको कुरा पशु स्वास्थ्य अधिकृत विमल अधिकारीले बताए भने घरको दुहुना गाई देखाएर रकम लिएको भए हामी छानबिन तथा अनुगमन गर्ने छौ।
तेस्तो गरेको पाइएमा हामी कृषकहरुलाई कार्वाही गर्ने
पशु साखाका प्रमुख अधिकारीले बताए ।