उदयपुर,१२ जेठ । जाल्पा एकिकृत विकास समाज(जीड्स) उदयपुरले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा कोभिड १९ को अवस्थामा जिल्लामा रहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई सहयोग पुग्ने उद्देश्यले करिब २८ हजार मूल्य बराबरको स्वास्थ्य सामंग्रीहरु हस्तान्तरण गरेकोछ ।
संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले महासंघका अध्यक्ष भरत खड्का लाई महासंघको कार्यालयमा स्वास्थ्य सामंग्रीहरु हस्तान्तरण गर्नुभएको हो । सहयोग गरिएका सामंग्रीहरुमा ः अक्सीमिटर ५ थान, सर्जिकल मास्क १ हजार थान, एन ९५ मास्क ५० थान, स्यानिटाईजर स्प्रे सय एमएल १०० थान, फेस सिल्ड ३० थान रहेकोछ । उक्त सामंग्रीहरु २८ हजार ३ सय मूल्य बराबरको रहेको संस्थाका कार्यक्रम प्रमुख अजयकुमार साहले बताउनुभयो ।
स्वास्थ्य सामंग्री ग्रहण गर्दै महासंघका अध्यक्ष खड्काले जीड्सले यस भन्दा अगाडीको बर्षमा समेत वल्र्ड भिजनको इन्टरनेसनलको सहयोगमा यस्तै सहयोग गरेर पत्रकारहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याएको र यो बर्ष चलिरहेको महामारीको समयमा समेत पत्रकारहरुको सुरक्षालाई मध्यनजर गरेर सहयोग गरेको सामंग्रीहरुले पत्रकारहरुको दैनिक कामकाजमा अझ बढि हौसल्ला प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पोखरेलले पत्रकारहरु जस्तोसुकै विषम् परिस्थितीमा पनि अग्रपंक्तिमा रहेर जनतालाई सूसूचित गरिरहेकोले उनिहरुको स्वास्थ्य सुरक्षाको समेत ग्यारेन्टी हुनुपर्ने धारणा राख्नुभयो । उहाँले पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि नागरिक समाज समेत चिन्तित रहेको बताउनुभयो । संस्थाले आगामी दिनहरुमा समेत महासंघ मार्फत पत्रकारहरुलाई सहयोग उपलब्ध गराउने प्रयास गर्ने जानकारी गराउनुभयो । स्वास्थ्य सामंग्रीहरु हस्तान्तरण कार्यक्रममा महासंघका महिला उपाध्यक्ष गंगा राई, सदस्य बुद्धि चाम्लीङ राई को साथै गैसस महासंघका अध्यक्ष सुमन परियार र वल्र्डभिजनका प्रतिनिधि आनन्द खड्का समेत उपस्थित रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय