हिमाल राई

बराहक्षेत्र नगर पालिका वडा नं १ बस्ने अति बिपन्न, असक्त अपाङ्ग तथा असहाय झ्याल बुट्टेलाई किरात राई यायोक्खा प्रा.का.स.१ तथा २ वराहक्षेत्र द्वारा खाद्यन्न सामाग्रीहरु उपलब्ध गराएको छ।
किरात राईहरुको महान चाड साकेला उभौलीको अवसरमा वराहक्षेत्र न.पा. १ निवासी अति बिपन्न, असक्त,अपाङ्ग तथा असहाय कृष्णकुमार माङपाङ राई (झ्यालबुट्टे) लाई करिब ६ हजार बराबरको खाद्यन्न सामाग्री प्रदान गरेको छ ।
दैनिक रिक्सा चलाएर आफ्नो जिवन यापन गर्दै आएका कृष्णकुमार विगत लामो समय देखि प्यारालाईसीस रोगबाट सरिरको देब्रो पाटो चल्न छाडेपछि उनको परिवारमा अार्थिक समस्यामा परी रहेको थियो।
कोरना तथा लडाउनको विषम परिस्थितिमा अति बिपन्न असक्त अपाङ्ग तथा असाहाय घर परिवारहरुलाई संस्थाले सके सम्म सक्दो सहयोग गर्दै जाने र विगतका समयमा पनि कि.रा.याले वराहक्षेत्र नगर पालिकाले स्थापना गरेको विपत राहत कोषमा समेत आर्थिक सहयोग गरी नगर भित्र रहेका निम्न अति बिपन्न,असक्त,अपाङ्ग भएका घरपरिवारहरुलाई सहयोग तथा सामाजिक कार्य गर्दै आईरहेको कि.रा.याका अध्यक्ष लाल कुमार राईले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर