तुलसी निरौला, झापा ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मंगलबारे बजारमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।
स्थानीय नन्दकला राईको घरबाट शुरु भएको आगलागीबाट छिमेकी नेत्र चिमरिया र नन्दमायाको घर र घरमा रहेका होटल, पसल सबै जलेर नष्ट भएको शिवसताक्षी नगरपालिका वडा नं २ का वडाध्यक्ष कुलबहादुर बस्नेतले बताए ।
आगलागीबाट चिमरियाको आफ्नो जीउको लुगाबाहेक केही पनि नजोगिएको उनले बताएका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिले, स्थानीयबासी, कमल गाउँपालिका, दमक नगरपालिका र गौरादह नगरपालिकाको दमकलको सहायताले डेढ घण्टापछि आगो नियन्त्रणमा आएको
वडाध्यक्ष बस्नेतले बताए । आगलागीबाट भएको क्षतिको विवरण आइनसके पनि आगलागीबाट लाखौ रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर