तुलसी निरौला, झापा।
झापाको कमल गाउँपालिका वडा नं. ३ सानो केर्खामा स्कारपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरका ६२ बर्षिय साने दर्जी रहेका छन्।
पश्चिमवाट पुर्व तर्फ जाँदै गरेको प्र३–०१–००२४ च ४५३५ नम्बरको स्कारपियोको ठक्करबाट दर्जीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बाटो क्रस गर्दै गरेका पैदलयात्री दर्जीलाई स्कारपियाेले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
स्कारपियाेका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. २२ का २८ बर्षिय बिष्णु दाहाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर