हिमाल राई बराहक्षेत्र सुनसरी
बराहक्षेत्र नगरपालिका भित्र
निबेको चुलो बाल्ने अभियान अन्तर्गत आज बराहक्षेत्र नगर पालिका भित्र विभिन्न स्थानना अति बिपन्न असहाय,असक्त परिवारलाई राहत उपलब्ध गरिएको छ।
बराहक्षेत्र वडा नं ६ निवासी सीता रजक,दिलमाया मगर बराहक्षेत्र वार्ड नं ७ की कमला सदा,तारामणी माझी,थर्क बहादुर भन्डारी वाड न २,धप बहादुर खडका वाड न १ बगुवा लगायतलाई राहत उपलब्ध गराएको छ।
नगद रु ५ सय सहित १० केजि चामल,१ लिटर खाने तेल,नुहाउने साबुन थान १, लुगाधुने साबुन थान २,
१ केजि नुन,१ प्याकेट माक्स बितरण गरिएको कुरा रेडियो प्रस्तोता,सामाजिक अभियन्ता सुमन बिकल ले जानकारी दिनु भयो।
लक डाउन तथा कोरोना माहामारी को विसम स्थितिमा अति बिपन्न, असक्त, अपाङ्ग,परिवारहरुलाई राहत उपलब्ध गराउने कुरा सुनसरी एफ.एम को संहकार्य तथा वैदेशिक रोजगारको सिलसिलामा कतार रहेका बराहक्षेत्र ८ निवासी मनकारी संजिब आचार्यको सहयोगमा राहत उपलब्ध गराएको हो।
निभेको चुलो बाल्ने सामाजिक अभियान्ताका सदस्य एवम् सुनसरी एफ.एम सन्चालक समिती सदस्य पुष्प ढुगाना,सहित सामाजिक अभियानका अभियन्ताहरु सुमन बिकल,आदेस गौतम,मुकुन्द श्रेष्ठ ,सुशील घिमिरे,भरत घिमिरे लगाएतले अति बिपन्न घर परिवारहरुको घरदलान पुगेर राहत सामाग्री उपलब्ध गराएका हुन।
यो अभियान लक डाउन भरी निरन्तर जारी रहने कुरा रेडियो प्रस्तोता तथा सामाजिक अभियन्ता सुमन बिकलले जानकारी गराउनु भन्नु भयो बराहक्षेत्र नगर पालिका भित्र कसैको घरमा चुलो निभेको छ भने
आदेश गौतम 9848643766
सुमन विकल 9804362364 मा सम्पर्क गर्न आग्रह गरे।
आग्रहलाई स्वीकार गर्दै घरदलानमा राहत सामाग्री उपलब्ध गराउने सधैं त्तभर रहने छौ।m