हिमाल राई बराहक्षेत्र सुनसरी

नेपाली कांग्रेस वराहक्षेत्रका सचेत नेतादयहरुले चतरा वयरवन बजारमा कोरना पोजेटिभ सख्या‌ रहेको अति जोखिम क्षेत्रमा सेनिटाइज गरेका छ।
वराहक्षेत्र नगर पालिका‌ भित्र सबै भन्दा धेरै कोरना पोजेटिभ सख्या रहेको वडा नं १ तथा २ को सक्रमित विरामीहरुको घरदलान तथा सार्बजनिक स्थलमा पुगेर सेनिटाइज गरिएको कुरा प्रेस यूनियन बराहक्षेत्र नगर कमिटीका अध्यक्ष सगम विष्टले जानकारी दिए।
रमेस कार्कीको संयोजकत्वमा आइतबार देखि १०१ जना कोरना नियन्त्रण, व्यवस्थापन समिति गठन पोजेटिभ विरामीहरुको घर तथा सार्बजनिक स्थलहरुमा सेनिटाइज गरिएको छ।
नेपाली कांग्रेस वराहक्षेत्र सक्रमण नियन्त्रण टोलीले वडा नं १ तथा २ का अध्यक्षहरुको समन्वयमा कोरना सक्रमण फैलन नदिने उदेश्यले पोजेटिभ विरामीहरुको घरदलान तथा सार्बजनिक स्थलमा सेनिटाइज गरिएको कुरा सामाजिक अभियानका अभियान्ति नेपाली कांग्रेस महा- समिति सदस्य अनु गुरुङले बताइन।

वराहक्षेत्र ६-७ तथा ८ वडामा कोरना सक्रमितको घर – घर पुगेर कोरोना नियन्त्रण गर्ने उद्देश्य लागि सेनिटाइज यस अघि गरीएको थियो।
यस अभियान टोलीले वराहक्षेत्र वडा नं १ मा तीन वटा सक्रमितको घर,इलाका प्रहरी कार्यलय चतरा,वडा नं २ को ३० पोजेटिभ विरामीहरुको घर दलान,प्राथामिक स्वास्थ्य केन्द्र तथा सार्वजनिक स्थानहरुमा सेनिटाइज गरिएको छ।

आज बिहिबारबाट ७ दिन सम्मका लागि वडा नं १-२-६ तथा १० पुर्ण रुपले सिल गरिएको छ।कोरना सक्रमण फैलन नदिन उद्देश्यले नेपाली कांग्रेसले कोरना पोजेटिभ विरामीहरुको घर तथा सार्बजनिक स्थलहरुमा सेनिटाइज गरेकोमा वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टटाईले सामाजिक अभियान्ताहरुलाई समाजमा उदाहरणीय कार्य गरेकोमा धन्यवाद व्यक्त गरेर भने सम्पुर्ण वडा बासिन्दाहरुलाई सचेत सजक सुरक्षित रहन तथा धर्यधारण गरेर निषेधाज्ञा पुर्ण रुपमा पालन गर्न सबैमा आग्रह गरे।
हाल सम्म वराहक्षेत्र वडा नं १ मा ७ जना र वडा नं २ मा ४४ जनालाई पोजेटिभ देखिएको छ।
वडा नं २ मा १ जना कोरना पोजेटिभ महिलाको मृत्यु समेत भइसकेको छ।
नगर भित्र १९ ७ पोजेटिभ विरामीहरु रहेका छन्।
निको हुने विरामीहरुको सख्या ३५ रहेको छ।
मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय