तुलसी निरौला, झापा
काेराेना सँक्रमणकाे महामारीबाट बच्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण कष्टकर जीवन बिताइरहेका ‌ झापाका दृष्टिविहिन परिवारलाई झापाका ४८ जना दृष्टिविहिन परिवारलाई राहत वितरण गरिएकाे छ।
स्वच्छ समाजका लागि सामाजिक अभियानले झापाले झापाका ४८ जना दृष्टिविहिन परिवारलाई राहत वितरण गरेको हो।

झापाको विर्ताबजारका जेठा मुर्मु सहित झापाका दमक, गौरिगन्ज, गौरादह, सुरुङ्गा, बिर्तामोड, भद्रपुर, धुलाबारी, शान्तिनगर र शनिश्चरेका ४८ परिवारलाई अति आवश्यक ३० केजीको १ बोरा चामल, दाल, नुन, खानेतेल र नुहाउने साबुन बितरण गरिएकाे स्वच्छ समाजका लागि सामाजिक अभियान झापाका अध्यक्ष गणेश ढुंगानाले बताए ।
झापाका विभिन्न सहरमा आफ्नो सुमधुर गीत सुनाउँदै जीवनयापन गर्दै आएका उनीहरुले निषेधाज्ञाका कारण भाेकभाेकै बस्न बाध्य भएको खबर सुनेपछि अाफूहरुले राहत वितरण गरेको उनले बताए।
राहत वितरणमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल अमेरिका बस्ने अरुणकुमार डाँगीले पचास हजार साठी रुपैयाँ, दुबईमा बस्ने गणेश भट्टराईले पाँच हजार, निर्माण व्यवसायी शेरबहादुर थापा, सुनिता धिमाल, देविमाया गिरी, भोला तामाङ, निता तामाङ, खगेन्द्र कुवँर, विरेन्द्र उदास, भुपेन्द्र श्रेष्ठ, मोती चौधरी, अभिप्रसाद बाँस्कोटा लगायतले सहयोग गरेकोे स्वच्छ समाजका लागि सामाजिक अभियान झापाका अध्यक्ष गणेश ढुंगानाले बताए ।

यस्तो विषम परिस्थितिमा गीत गाएर आफ्नो जीवीका चलाउँदै आएका झापाका दृष्टिविहिन परिवारलाई काेराेनाकाे महामारीको कारण जारी निषेधाज्ञाकाे समयमा
स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले राहत दिएर उनीहरुकाे जीवन रक्षा गरेको भन्दै सबैलाई
झापा नेत्रहीन संघको सल्लाहकार तथा पूर्व अध्यक्ष दोर्णचार्य निरौलाले धन्यवाद दिएका थिए ।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रन्जित परियारले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय