तुलसी निरौला, झापा ।
झापा बिर्तामोड नगरपालिका वडा नम्बर २ निवासी युवा नाट्यकर्मी माधब कल्पितले आफ्नो जन्मदिनकाे अवसरमा अक्सिजन सिलिन्डरकाे लागि रकम प्रदान गरेका छन्।
क्षितिज नाट्य समूह झापाका अध्यक्ष , झापाको विर्तामोड नगरपालिका वडा नम्बर १ मा निर्माण भइरहेको बहु-जाती ,बहु-भाषिक, बहु-साँस्कृतिक संग्राहलय सहितको झापा नाटक घर निर्माणका परिकल्पनाकार ,नाट्यकर्मी माधब कल्पितले जन्मदिनको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिर्तामोडले घाेषणा गरेको ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने कार्यक्रममा सहभागी भई १ थान अक्सिजन सिलिन्डर खरिदका लागि रकम प्रदान गरेका हुन् ।
उनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिर्तामोड नगर सचिब सुवास भट्टराईलाई १ थान अक्सिजन सिलिन्डर बराबरको रकम १५ हजार रुपैयाँ प्रदान गरेका थिए।
काेराेना संक्रमितहरुका लागि हाल झापामा भइरहेको अक्सिजन सिलिन्डरको चरम अभावलाई मध्यनजर गर्दै अक्सिजनकाे अभावमा कुनै पनि काेराेना संक्रमित भएका व्यक्तिले ज्यान गुमाउनु नपराेस् भनेर अक्सिजन सिलिन्डर खरिदका लागि रकम प्रदान गरेको नाट्यकर्मी माधब कल्पितले बताए।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिर्तामोड नगर सचिब सुवास भट्टराईले नाट्यकर्मी माधब कल्पितले जन्मदिनमा अक्सिजन सिलिन्डर खरिदका लागि रकम प्रदान गरेर काेराेना संक्रमितका लागि ठूलो गुन लगाएको बताए।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिर्तामोडले घाेषणा गरेको ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने कार्यक्रमका लागि रकम संकलन तिब्र रुपमा भैरहेको बताउँदै उनले ऊक्त रकमले अक्सिजन सिलिन्डर खरिद गरी बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिए।