तुलसी निरौला, झापा। कोरोना भाइरसकाे संक्रमणबाट झापाका एक प्रमुख प्रशासकीय अधिकृतकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ रहेका छन् ।
स्वासप्रश्वासमा समस्या आएपछि उनलाई झापाकाे बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा र त्यसपछि २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा राखिएको थियो । उनलाई वैशाख १७ गते थप उपचारका लागि बिएण्डसीमा भर्ना गरिएको थियो । उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा बिएण्न्डसी हस्पिटलमा निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय