हिमाल राई बराहक्षेत्र सुनसरी
नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना पोजेटिभ सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ।
सुनसरी जिल्लामा रहेर पत्रकारिता गर्ने कोरना पोजेटिभ पत्रकारहरुलाई लक्षित गरी घरमै पुगेर डाक्टर, नर्स सहितको टोलीले नि:शुल्क परामर्श दिने सेवा सुविधा दिने कुरा प्रेस यूनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो।
जिल्लामा कोरनाको दोस्रो लहरले झण्डै एक दर्जन सञ्चारकर्मीहरु कोरोना पोजेटिभ भएर होम आइसुलेसन तथा केही संक्रमितहरु अस्पतालमा उपचारर्थ रहेका छन्।
केही सन्चारकर्मीहरु कोरना पोजेटिभ भएर घरमै बसेका छन्,” अधिकारीले भने, “यसकारण हामीले घरमै आइसोलेट भएर बसेका संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टरद्धारा सेवा प्रवाह गर्न लागेका हौँ ।”
उनका अनुसार डा. अमितकुमार खतिवडा (मेडिकल अधिकृत) र स्टाफ नर्स किरण चौधरीले संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधोपचार गर्ने गरी युनियनले तयारी अघि बढाइएको छ ।
घरमै गएर “मोबाइल डाक्टर” सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुने भएकाले कोरोनामुक्त हुन सहज हुने अधिकारीको भनाइ छ। यसैबीच डा. खतिवडासँग युनियनले आइतबार सम्झौता समेत गरेको छ ।
युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीहरुको निःशुल्क कोरोना बीमा गरेको थियो । ती मध्ये ३० जनालाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको अधिकारीले बताए ।
यस्तै, इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले नेतृत्व गरेर निर्माण गरेको आइसोलेसनमा प्रेस युनियन सहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीहरुलाई अक्सिजनसहितको नि:शुल्क सेवा दिने तयारी गरिएको छ ।