तुलसी निरौला- जेष्ठ २,झापाका कोरोना संक्रमितहरुका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिर्तामोडले ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने निर्णय गरेको छ।

काेराेना संक्रमितहरुका लागि हाल झापामा भइरहेको अक्सिजन सिलिन्डरको चरम अभावलाई मध्यनजर गर्दै ५० थान अक्सिजन सिलिन्डर खरिद गरीने निर्णय गरिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिर्तामोड नगर सचिब सुवास भट्टराईले बताए ।

ऊक्त सिलिन्डर बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिने उनले बताए।
झापाका उद्योगी व्यवसायी ,जनप्रतिनिधि ,कर्मचारी तथा दाता महानुभावहरुलाई ऊक्त कार्यमा सहयोग गर्न उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय