तुलसी निरौला, झापा। झापामा काेराेना संक्रमणको जोखिम बढिरहेकाे बेलामा लुथरन विश्व फेडेरेशन नेपाल संगको सहकार्यमा न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडिले झापाको झापा गाउँपालिकालाई ८० थान एन्टीजेन किट प्रदान गरेको छ।

न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडिका कार्यक्रम सँयोजक कुमार चुडालले झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाह र झापा गाउँपालिकाका हेल्थ अफिसर लक्ष्मण बिश्वकर्मालाई ८० थान एन्टीजेन किट प्रदान गरेका थिए ।

यस अघि पनि न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडिले झापा गाउँपालिकामा २० बेडको अस्थाई आइसोलेशन निर्माणका लागि ५ हस्पिटल वेड, मास्क, फेस सिल्ड लगायतका सामग्री हस्तान्तरण गरिसकेको न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडिका रञ्जन धमलाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय