तुलसी निरौला, झापा। झापामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका ३ निवासी ४५ वर्षीया जीत वहादुर खोयाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मर्निङवाकमा निस्किएका खोयाङलाई २१ नम्वर वाहिनी अड्डाको पश्चिम तर्फको जंगलमा बिहान ५ वजे जंगली हात्तीले आक्रमण गरेको थियो ।
जंगली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।






