तुलसी निरौला, झापा।
झापामा मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक झापा मेचीनगर नगरपालिका–१२ का ३० बर्षीय कुजैहाङ लिम्बू रहेका छन् ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किदा लिम्बू
घाईते भएका थिए। उनकाे उपचारको क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय