वैसाख २५
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजार आज सुनसान देखियो|नयाँ भेरियन्टको कोभिड १९ महामारी नेपालमा पछिलो समय ह्वात्तै बढेपछी नेपाल सरकारले देशमा निषेधाज्ञा जारि गरे संगै उदयपुर जिल्लामा पनि औषधि पसल,एम्बुलेन्स,निर्माणका सामान,संचार,पेट्रोलपम,माछामासु पसल, दुधडेरी लगायत दैनिक उपभोग्य खाधन्न सामानहरु बिहान ६ बजे देखि १० बजे सम्म मात्र खुला रहने र अन्य पसल ,ब्याबसाय पूर्ण रुपमा बन्द रहने निर्णय DCCMC ले गरेपछि आज बाट उदयपुर जिल्ला भरि नै बिहान १० बजेको समयपछि सुनसान भएको छ|
अघिल्लो समयको कोरोना भाइरस भन्दा यो पटक निकै खतरनाक भएको पुष्ठी भएपछी जनमानसमा एक प्रकारको डर त्रास सहित आफै पनि सचेत रहेको देखिएको छ|आज बाट सुरु भएको यो नयाँ निर्णय ३१ गते राति ८ बजे सम्म लागु रहने श्रोतले बताए |