![](http://ourudayapur.com/wp-content/uploads/2021/05/korona5.jpg)
एजेन्सी
कोरोना भाइरस संक्रमणबारे अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले नयाँ खुलासा गरेको छ । सीडीसीले कोरोना भाइरस वायुको माध्यमबाट पनि सर्ने सम्भावना रहेको खुलासा गरेको हो ।
सिडिसीले शुक्रबार एक निर्देशिका जारी गर्दै संक्रमण सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि हुन सक्ने जनाएकोे छ । सास फेर्ने हावामा रहेका कोरोना भाइरसयुक्त ओसिला कणहरुका कारण संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन उल्लेख गरिएको छ।
यसअघि सीडीसीले कोरोना भाइरसको संक्रमण अधिकांश समयमा संक्रमितको सम्पर्कमा आएपछि मात्रै हुने उल्लेख थियो। यसअघिसम्म उसले कोरोना भाइरस वायुको माध्यमबाट नसर्ने बताउँदै आएको थियो।
संक्रामक रोग विज्ञहरुले भने यसअघि देखि नै कोरोना भाइरस अति साना हावामा हुने कणहरुबाट पनि सर्न सक्ने भन्दै सीडीसी तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सचेत पार्दै आएका थिए।