हिमाल राई
सप्तकोशिको नदीमा सन्चालित पानी जहाज सन्चालन गर्दा कोरना फैलन सक्ने आसङ्कामा स्थानीय प्रशासन र सन्चालक द्वारा वन्द गरेका छन।
सप्तकोशि नदीमा बराहक्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रालि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका गरी ७ वटा पानीजहाज दैनिक रुपमा सञ्चालन हुँदै आएको थियो ।
बराहक्षेत्र नगरपालिका वार्ड नं १ चतराबाट सप्तकोशि नदिबाट स्थानीय,आन्तरिक, तथा बाह्रय पर्यटकहरु जल विहार आनन्द लिदै उदयपुर,भोजपुर तथा धनकुटाको सीमाना सिम्मेसम्म जेट बोड सञ्चालन हुँदै आएको थियो।
बराह मरीन एण्ड रीसोड्स प्रा.लि सन्चालन नविन पौडेलले भने स्थानीय, आन्तरिक बाह्रय पर्यटकहरुले सप्तकोशि जल विहार आनन्द लिदै किरातीहरुको धार्मिक आस्था,धरोहर केन्द्रको रुपमा रहेको चर्चित स्थल खुवालुङ दृश्य अवलोकन अरुण,तमोर तथा दुधकोशी संगमस्थल त्रिवेणी सम्म पुग्न सकिने पौडेल बताए भने कोरना दोस्रो लहर चलेपछि स्थानीय प्रशासनको आग्रह स्वीकार गर्दै आफुहरुले सन्चालन ल्याएको पानी जहाजहरू केही समयका लागि बन्द गरेको स्थानीय,आन्तरिक बाह्रय पर्यटकहरुलाई केही समयका लागि सेवा सुविधा उपलब्ध गराउने नसकिने पौडेल जानकारी गराए।
सप्तकोशीमा नदीमा ३ वटा सिटका तिन ,आठ सिटका दुई, ७० सिटको एक र १८ सिटको एक गरी सात पानीजहाज दैनिक रुपमा सञ्चालन हुदै आएको जानकारी दिनुभयो
स्थानीय दिनेश खम्बूले भने राज्यले जेडबोडमा निस्चित भाडा दर नतोकि दिदा व्यवसायीहरुले आफु खुसी तथा मनोमानी तरिकाले भाडा लिइ रहेको बताउँदै भने सम्बन्धित सरोकारवाला निकायको यस वारेमा ध्यान आकर्षण होस।